भद्रपुर / गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले संघका महासचिव निश्चल दाहालमार्फत मेची अंचल अस्पताल भद्रपुरका लागि २० थान पिपिइ सुट वितरण गरेको छ। देशका विभिन्न अस्पताल जहाँ मुख्यतः कोरोना केन्द्रित परिक्षण हुन्छ त्यहा पिपिई बाड्ने कार्यक्रम अनुरुप आज भद्रपुर स्थित अंचल अस्पतालमा बाडिएको दाहालले बताए।
भद्रपुर नपा वार्ड नं ८ निवासि समाजसेवी नेपाली कांग्रेस क्षेत्र नं ३ सभापति गणेश पोख्रेल, भद्रपुर नगरपालिका वार्ड नं ८ र ५ का वडाध्यक्ष क्रमशः मनोज सुब्बा र बन्धु कार्की, कचनकवल वार्ड नं ६ निवासी युवा समाजसेवी नारायण नेपाल र निर्मल दाहाल साथै भद्रपुर निवासी शिक्षक योगेन्द्र पौडेल आदिको उपस्थितिमा मेची अंचल अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुर, वरिष्ठ फिजिसियन डा गोविन्द कंडेल लाई पिपिइ हस्तान्तरण गरिएको हो।
पिपिइ हस्तान्तरणको क्रममा महासचिव दाहालले एनआरएनए युएइ च्याप्टर यो विषम परिस्थितिमा युएइमा रहेका नेपालिको लागिमात्र नभएर नेपालमा रहेका हरुकालागी पनि उत्तिकै जिम्मेवार भएर सहयोग गर्न तत्पर रहेको बताएका छन।
यस अघि नै सेती अंचल अस्पताल धनगढी, भरतपुर हस्पिटल भरतपुर चितवन र नेपालगंज मेडिकल कलेज कोहलपुरमा क्रमशः २५ २५ र ३८ पिपिइ बाडी सकिएको एनआरएनए महासचिव निश्चल दाहालले बताए। अब बुटवल हस्पिटल , बिराटनगर र बिश्वेस्वर प्र मेमोरियल हस्पिटल धरानमा पनि पिपिइ बाडिने कार्यक्रम रहेको छ।
संघका महासचिव निश्चल दाहालको संयोजनमा सचिव ओमकार पोख्रेल, एमडि बोहोराको सहयोगमा स्थानिय सरकार र समाजसेविहरुको रोहवरमा पिपिइहरु वितरण गरिएको बताउदै संघका अध्यक्ष प्रकाश कोइरालाले हामी बिदेशी भुमिमा रहे पनि नेपाल र नेपाली प्रतिको दायित्व बाट नपन्छने र आफ्नो छाक काटेर भए पनि सहयोग गर्न कटिबद्ध रहेको बताउनु भयो।