मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष पोखरेलद्धारा खाडी देशका नेपालीबारे चासो, चार देशका राजदूतहरुसँग टेलिफोन वार्ता

शनिबार, बैशाख ६ २०७७

काठमाडौँ । खाडी राष्ट्रका विभिन्न देशमा फैलिएको कोरोना संक्रमण तथा त्यसले प्रभावित नेपाली कामदारको बारेमा प्रवासी नेपाली एकता मन्च कतारले चासो राखेको छ ।

मन्चका अध्यक्ष चानक पोखरेलले शनिबार विभिन्न देशमा रहेका राजदूतहरुसँग नेपाली कामदारका बारेमा जानकारी लिएको जानकारी दिए । अध्यक्ष पोखरेलले पछिल्लो अवस्थाका बारेमा मध्यपूर्बका देशहरु मध्ये कतार, दुबई, साउदी र ओमनका राजदूतहरुसँग आफूले टेलिफोनमार्फत् त्यहाँका नेपालीका बारेमा चासो राखेको उनले बताएका छन् ।

‘सम्बन्धीत देशहरुमा पछिल्लो समयमा देखिएको महामारीका क्रममा के कति नेपालीहरु संक्रमणको अवस्थामा रहेका छन् भन्ने बिषयमा कुराकानी गरिएको हो,’ उनले भने, ‘राजदुतहरुले दुबै देशको कानुन पालना गर्नुपर्ने भएकाले सम्बन्धित देशले टोटल संक्रमितहरुको संख्या सार्बजनिक गरेपनि कुन देशको कति जना भन्ने जानकारी आधिकारिक रुपमा सार्बजनिक नभएका कारण संक्रमित नेपालीको संख्या यकिन गर्न नसकिएको केही देशका राजदूतहरुले बताउनु भयो । ’

यस विषम परिस्थितिलाई त्रसित नभइकन मनोबल उच्च बनाएर सतर्कता अपनाउनु पर्नेमा राजदूतहरुले जोड दिएको तथा कोरोनाका कारण मृत्युुबरण गरेका केही नेपालीको शबलाई कसरी नेपाल पठाउने भन्ने बिषयमा साझा अबधारणा बन्दै गरेको समेत बताएको पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार