मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रवासी नेपाली मञ्च कतारद्धारा सामाजिक संजालमा बिभिन्न किसिमका झुटा समाचारहरु प्रेषित गरेर समुदायमा आतंकित नबनाउन आग्रह (विज्ञप्ति)

शनिबार, बैशाख ६ २०७७

काठमाडौं । प्रवासी नेपाली मञ्च कतारले कारोना संक्रमणको सम्बन्धमा बैदेशिक रोजगारी तथा ब्यबसायको सिलसिलामा दोहा कतारमा रहेका सम्पुर्ण नेपालीजनहरुलाई आफु पहिले सुरक्षित रहन आग्रह गरेको छ । मञ्चका अध्यक्ष चानक पोखरेलले यस कर्मभुमिमा रहेर सामाजिक संजालमा बिभिन्न किसीमका झुटा समाचारहरु प्रेषित गरेर समुदायमा आतंकित बनाउने कार्य नगर्न सविनय अनुरोध गरेका छन् ।

यस्तो छ विज्ञप्ति :

आदरणिय कतारमा रहनु भएका सम्पुर्ण नेपालीमनहरुमा नमस्कार ।
बैदेशिक रोजगारी तथा ब्यबसायको सिलसिलामा दोहा कतारमा रहनु भएका सम्पुर्ण नेपालीजन हरुलाई आफु पहिले सुरक्षित रहन आग्रह गर्दछु ।
यस कर्मभुमिमा रहेर सामाजिक संजालमा बिभीन्न किसीमका झुटा समाचारहरु प्रेषित गरेर समुदायमा आतंकित बनाउने कार्य नगर्न सविनय अनुरोध छ । प्रत्येक ब्यक्तिले आफु कसरी सुरक्षित रहने र बिश्वासिलो माध्यमबाट सुचना या जानकारी लिएर निर्धक्क भएर रहनु होला ।
दोहा कतारमा रहेका बिभिन्न किसीमका संघसंस्थाहरुले पनी चेतनामुखी सुचना/समाचार सम्प्रेष्ण गरी नेपाली समुदायको मनोवल उच्च पारीदिने समय हो यो । हामी सबै सकारात्मक सोचका साथ कतार सरकारको कानुन र सुचनालाई मनन गर्दै सुरक्षित रहन हुन हार्दिक अनुरोध गर्दछु ।

चानक पोखरेल
अध्यक्ष
प्रवासी नेपाली एकता मन्च

प्रतिक्रिया
सम्बन्धित समाचार