शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनए युएईद्वारा सयौलाई राहत बितरण, युएईमा कोरोनाका कारण समस्यामा परे एनआरएनए युएईलाई सम्झन आग्रह (फोटोफिचर)

बिहिबार, बैशाख ४ २०७७

युएई / एनआरएनए युएईले युएईको दुबई, सारजहा, अबुधाबि, रसअलखेमा, फुजेरा र उमअलब्वेन गरी सातैवटा छेत्रमा छुट्टा छुट्टै समिति बनाई बिगत एक हप्तादेखि कोरोना भाईरसको महामारिबाट समस्यामा परेका नेपालि हरुलाई राहत बितरण गरेको छ।
एनआरएनए एनसीसी यूएई बाट गत हप्तादेखि राहत बितरण भैरहेको छ । महामारीको यो विषम परिस्थितिमा हरेक नेपाली समक्ष पुग्न सक्नु नै हाम्रो लागी शौभाग्य हो । हामिलाई प्राप्त अनुरोधलाई आधार बनाएर उपयुक्त र सही पिडित पहिचान गरी राहत कार्यलाई तिव्रता दिएको अध्यक्ष प्रकास कोईरालाले बताए ।


राहत बितरण अभियानमा आफ्नो ज्यानको बाजि लगाएर फ़ील्डमा डीआरसी मनोज गोर्खाली, उपाध्यक्ष पासाङ्ग शेर्पा, युवा सम्योजक मदन अधिकारी , एनसीसी सदस्य सुजन सापकोटा लगाएत एनसीसी पदाधिकारी तथा सदस्यहरु खटिएका छन ।

सबै सहयोगि मनहरूलाइ डिआर सि मनोज गोर्खालिले धन्यबाद ब्यक्त गर्दै सबै नेपालिहरुले हातमा हात मिलाएर दुखमा अगाडि बढन आग्रह गरे । उनले यदि युएईमा रहेका अरु पनी यो मानवीय कार्यमा जोडिन चाह्नुहुन्छ भने एनसीसी युएई या बोर्ड मेम्बरहरुलाई सम्पर्क गर्न अनुरोध गरे।


यदि तपाई युएईमा हुनुहुन्छ र कोरोनाका कारण प्रभावित हुनुहुन्छ भने गैरआवासीय नेपाली संघ (नेपाली एशोसियसन, एनआरएनए) यूएईका अध्यक्ष प्रकाश कोइराला लाई सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।युएईका विभिन्न राज्यमा रहेका एनआरएनएका साथिहरु खाद्य सामग्रीसहित तयारी अवस्थामा रहेकाले समस्यामा परेकाले तुरुन्त सम्पर्क गर्न उनले अनुरोध गरेका हुन् ।


‘सहयोग गर्ने भनेकै दुःखको बेलामा हो । यो प्रतिकूल अवस्थामा हाम्रो चाहना नै यूएईमा रहेका कोहीपनि नेपाली हरु भोकै सुत्न नपरोस् भन्ने हो । हामी खाधान्न सामग्रीका साथ तयारी अवस्थामा छौ । दाता र वितरण गरेको डिटेल्स सार्बजनिक गर्दै जाने उनले बताए । यदि कोहि समस्यामा हुनुहून्छ या समस्यामा भएकालाई सहयोग गर्न चाहनुहून्छ भने मलाई ०५०६५८१४४३ या एनआरएनए एनसीसी यूएईका पदाधिकारी या बोर्ड अफ डाइरेक्टरहरुलाई सम्पर्क गर्न कोईरालाले अनुरोध गरे ।


युएईमा रहेका ५ हजारभन्दा धेरै नेपालीहरुले स्वदेश फर्किनका लागि आवेदन दिएका छन्। विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण युएइमा समेत प्रभाव पर्न थालेपछि स्वदेश फर्किन चाहने नेपालीको संख्या बढ्दै गएको हो । एनआरएनए युएईले दुबई,अबुधावी,शारहजा,अजमान, रसअलखेमा,फुजेरा र उमअलब्वेन गरी सातैवटा प्रदेशमा अनलाईन फारम वितरण गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार