शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बैदेशिक रोजगार कल्याणकारी कोषको सहि सदुपयोग गर्ने बेला, नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका सल्लाहकार प्रज्ञान न्यौपानेको बिचार

बिहिबार, बैशाख ४ २०७७

प्रज्ञान न्यौपाने
सल्लाहकार
नेपाल बैदेशिक रोजगार ब्यबसायी संघ

हाल विश्वमा द्रुत गतिमा फैलिरहेको महामारि COVID-19 ले विश्वकै अर्थतन्त्र डामाडोल बनाउने त निष्चित प्राय नै छ तर अहिलेको अवस्थामा अर्थतन्त्र भन्दा पनि जनताको अति न्युनतम आवश्यकता धान्न मात्रै सकियो भने पनि त्यो ठुलो उपलब्धि हुने छ। बिभिन्न क्षेत्र, पेशा र व्यबसाय ध्वस्त त भएको नै छ , अब यस पछिका चुनौतिहरु जुन छन् त्यो राज्यले कसरि धान्ने भनेर गहन रुपमा छलफल हुन पनि अति आवश्यक छ।

वैदेशिक रोजगारले धानिरहेको नेपालको अर्थतन्त्र अब त्यही बैदेशिक रोजगार ध्वस्त भएपछि सरकार सँग के विकल्प रहन्छ त? केहि समय पछि लकडाउन पनि खुल्ला तर लकडाउन खुल्ला भएपश्चात सिमानाका खुलिसके पछि बैदेशिक रोजगारमा गएका २०देखी २५ %. नेपालीहरु नेपाल फर्कने निश्चित नै भई सकेको छ जुन कम्तिमा पनि ९देखी ११ लाख नेपाली हुनसक्छन्! जस्लाई व्यबस्थापन गर्नु राज्यलाई ठुलो चुनौति हुने छ। बेरोजगार र अभाव दुवैले जरो गाड्ने छ। तत्काल बैदेशिक रोजगारिमा रहेकाहरुले रोजगार गुमाए पनि खान तथा बस्नकै निमित्त त त्यती समस्या नहोला, किनकि बैदेशिक रोजगार कल्याणकारी कोषमा जुन अरबौ पैसा छ जुन चै केवल बैदेशिक रोजगार मा गएका नेपालीलाई भवितब्य परेमा, युद्द,माहामारि वा अति मानविय संकट आईलागेमा उद्दार तथा व्यावस्थापन र राहत समेत हुने गरि पैसा उठाएर कोषमा राखिएको छ । र अब त्यो पैसा खर्च गर्ने बेला आएको छ ।

कामदार बाट उठाएको पैसा कामदारकै हितमा खर्च गर्न राज्यले कुनै कन्ज्युस्याई गर्न हुदैन। हरेक देशमा संकटमा परेका नेपालीलाई हाम्रा राजदुतावासको सयोजनमा वा एनआरएनको सहयोगमा खान र बस्न को लागी तत्काल कदम चाल्न आवश्यक छ। हाल बैदेशिक रोजगार कल्याणकारि कोषमा रहेको रकम केवल विलाशि गाडी खरिद र उच्चस्तरिय भ्रमणमा मात्रै प्रयोग भै रहेको छ, जुन अब वास्तवमै कामदारको हित र सुरक्षाका निमित्त खर्च गर्ने बेला आएको छ। बैदेशिक रोजगारमा गएका समस्त नेपालीलाई उद्दार गर्न प्रयाप्त पैसा कोषमा भएको हुदा उद्दारको लागी डराईहाल्नु पर्ने अवस्था चै नरहला तर तत्कालका लागी कल्याणकारि कोषले खाडीमा काम गर्ने र खान नपाएकाहरुलाई रकम निकासा गरेर राजदुताबास मार्फत खानाको ब्यबस्थापन अति अपरिहार्य छ।

तसर्थ तत्कालका लागी खाना र अति संकटमा परेकाको उद्वार गर्न कुनै हिचकिचाहट नगरि जनताका लागी राज्य छ भन्ने महशुस गराउन पनि बैदेशिक रोजगार कल्याणकारी कोसको सहि उपयोग गर्ने बेला आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार