काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ३ सय ९२ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १० हजार १ सय ९७ पुगेको छ ।
कोरोनाबाट संक्रमित भएका १३ सय ४३ जना भने उपचारपछि निको भएका छन् । कोरोनाबाट भारतको महाराष्ट्रमा सबैभन्दा बढी प्रभाव परेको छ । महाराष्ट्रमा हालसम्म २६ सय ८७ जना संक्रमित भएका छन् । त्यस्तै दिल्लीमा पनि १५ सय ६१ जना कोरोनाबाट संक्रमित भएका छन् ।