शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कतारमा कोरोनाका कारण श्रमिकहरुलाई परेको समस्या समाधान गर्न एनआरएनए कतार सक्रिय, प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख गुरुङको यस्तो आग्रह (विज्ञप्तिसहित)

बुधबार, बैशाख ३ २०७७

काठमाडौं, ३ बैशाख । कतारमा कोरोनाका कारण श्रमिकहरुलाई परेको समस्या समाधान गर्न एनआरएनए कतार सक्रिय भएको छ । सो कार्यका लागि एनआरएनएनले उद्दार तथा राहत वितरण समिती नै बनाएको छ ।

समतिको संयोजकमा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ्ग चयन भएका छन् भने सह संयोजक संजय रजक रहेका छन् यसैगरी उक्त समिति सदस्यहरुमा झबिन्द्र आचार्य, गजेन्द्र राई, अब्दुल राजिक, राम हमाल, गम्भीर अधिकारी, सुमन भारती, रोशन बिक, बिनोद तामाङ, हेम आले, रितेश ढुंगाना, आनन्द सुवेदी, अब्दुल खालिद शेख रहेका छन् ।

संयोजक गुरुङ्गले उक्त समिति कतारमा स्थापित अन्य नेपाली संघ संस्थाका प्रमुखहरुलाई पनि आ आफ्नो प्रतिनिधि पठाई सहयोग गरिदिन अनुरोध गरेका छन् । यो समितिले कतार रेडक्रससँग सहकार्य गरेर राहत वितरण गरिरहेको छ । समितिले आज पनि २५० लाई राहत वितरण गरिने गुरुङ्गले बताए ।

विज्ञप्ति :
उपरोक्त सम्बन्धमा बिश्वब्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदम हरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरु लाई समाधान गर्न एनसीसी कतार द्वारा चालिएका कदमहरु अन्तर्गत एनसीसी कतारको श्रमिक बिभागको समन्वयमा दोहामा स्थापित संघ सस्थाका प्रतिनिधिसहितको राहत बितरण समिती गठनका लागि गरिएको पुर्ब सुचना अनुरुप देहाय बमोजिमको समितिको निर्माण भएको यहाँहरु सबैमा जानकारी गराउदछौ। साथै समय अनुकुल भएका र इच्छुक कुनैपनि ब्याक्तीहरुले यो समितिमा सहभागी भई सहयोग गर्न चाहेमा क्रमश समितिमा थप्दै जाने जानकारी पनि गराइन्छ। कोरोना भाइरस नियन्त्रण गतिविधिबाट नेपाली समुदायमा उत्पन्न समस्याहरुको समाधानका लागि गठित उद्दार तथा राहत बितरण समिती:-
संयोजक : उत्तम गुरुङ्ग
सहसंयोजक : सन्जय रजक
सदस्यहरु:
झबिन्द्र आचार्य
गजेन्द्र राई
अब्दुल राजिक
राम हमाल
गम्भीर अधिकारी
सुमन भारती
रोशन बि.क
बिनोद तामाङ्ग
हेम आले
रितेश ढुंगाना
आनन्द सुवेदी
अब्दुल खालिक शेख

“कोरना भाइरस बाट आफू पनि बचौ, अरुलाई पनि बचाऔ”

उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार