काठमाडौं (जस)–लोमाथाङ्गः लोको राज्य, सबैलाई खुला नगरिएको, १२६०० फिटको उचाई १३१४ किमिको दूरी र ८ दिनको यात्रा । अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै यामाहाका चालकहरु अति सावधानीपूर्वक आखिर गन्तव्यमा पुगेरै छाडे । एफ १ प्रविधि र एबिएस जडित एफ जेड पहिलो त्यस्तो १५० सिसि समुहको बाइक हो, जसले कुनै पनि प्राविधिक समस्याहरु बिना यो कठिन यात्रा तय गरेको छ । यो रेकर्ड यामाहाले एफ जेडको पहिलो सिरिज प्रस्तुत गर्दा सगरमाथाको आधार शिविरमा राखेको रेकर्डपछिको अर्को रेकर्ड हो ।
उक्त टिममा हिमालयन रोडिजका निर्णायकहरु रेमनदास श्रेष्ठ, दिया मास्के, र यस सिजनका विजेता सागरसहित ११ जना आकाँक्षी रोडिजहरु जसलाई विभिन्न शहरमा गरिएको रोडिज क्रियाकलापमार्फत् चयन गरिएको थियो, उनीहरु सहभागी थिए । “एफ आइ प्रविधि यामाहाको डिएनए हो, जुन अब एबिएसयुक्त छ, यसको साथमा हामी लोमाथाङ्ग र त्योभन्दा पर फत्य गर्नेमा विश्वस्त थियौं” सिइओ चिरञ्जिवी शाहले भने । उनले भने “रोडिजहरुसँगको सहयात्रालाई हामीले अगाडी बढायौं जसले गर्दा हामीले यो प्रमाणित गर्न सक्यौं कि हाम्रा बाइकहरुले कस्तै कठिन अवस्थाको सडकलाई पनि झेल्ने क्षमता राख्दछ । साथै हाम्रो ग्राहकहरुलाई उत्पादनको कार्य क्षमतामाथि पुनः निर्धक्क प्रदान गर्न एवं नयाँ तथा उत्साहित चालकहरुको मनोबलमा विश्वास भर्न पनि हामीलाई मद्दत मिलेको छ । उत्पादनको भरोसासँगै हाम्रा ग्राहकहरु जसलाई हामी हाम्रो सद्भावना दूतको रुपमा विश्वास गर्दछौं, वहाँहरुको साथमा हामी यो यात्राको अवसर प्रदान गर्दछौं । एफ जेडको बारेमा हाम्रा चालकहरुबाट हामीलाई प्राप्त कार्यक्षमताको प्रतिक्रियाबाट हामीलाई अत्यन्त उत्साहित बनाएको छ र आगामी वर्ष अझ योभन्दा पनि कठिन भूभागमा यसलाई प्रस्तुत गर्ने छौं ।”
“यामाहाले विगतमा पनि नियमित रुपमा यसप्रकारको बाइक चलाउने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । तर, यो आजको मितिसम्मका कार्यक्रमहरुमध्ये सर्वाधिक ठूलो हो । हामी सबै यामाहा चालकहरुसँग मजबुत ढँगले बाँधिन चाहन्छौं ।” विष्णु अग्रवालले समापन समारोहमा चालकहरुलाई सम्बोधन गर्दै भने । साथै उनले यामाहा ब्राण्डलाई विश्वास गरेकोमा एफजेड चालकहरु प्रति कृतज्ञता पनि व्यक्त गरे । “यामाहा मोटरसाइकलहरुले सुरक्षा र सुविधामा कुनै सम्झौता नगरी हँकाईलाई रोमाञ्चक बनाउने सुनिश्चित गर्दछ । हामी आशा गर्दछौं कि यो यात्राले यामाहा एफजेडका चालकहरुलाई जीवनपर्यन्त मोटरसाइकल चलाउनुको अनुभव प्रदान गर्नेछ र चालक चालबीच असाधारण भाइचाराको सम्बन्ध स्थापित गर्नमा योगदान पनि प्रदान गर्नेछ ।” अग्रवालले थप अगाडि थपे ।