मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बेलायती प्रधानमन्त्री जोन्सन अस्पतालबाट भए डिस्चार्ज

सोमबार, बैशाख १ २०७७

एजेन्सी, ३० चैत्र । कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सनलाई तीन दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

उनका प्रवक्ताका अनुसार स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

५५ वर्षीय जोन्सनलाई सेन्ट थोमस अस्पतालमा उपचार भएको थियो । आफ्नो उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीप्रति उनले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार