काठमाडौं(जस)– कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आज प्रकाशित गरेको सूचना अनुसार कतारमा कोरोना भाइरस (Covid-19) सम्बन्धी विवरण निम्नबमोजिम रहेको छ :
१.स्वास्थ्य परिक्षण गरिएको संख्या: ४९,१०२(पछिल्लो २४ घण्टाभित्र १३५१ जना)
२.पहिचान भएका संक्रमितको संख्याः२,९७९ (पछिल्लो २४ घण्टाभित्र २५१ जना)
३.स्वास्थोपचार गराईरहेको संख्या: २,६९७
४.पूर्ण रुपमा स्वास्थलाभ गर्नुहुनेहरुको संख्या: २७५ (पछिल्लो २४ घण्टाभित्र २८ जना)
५.COVID-19 बाट मृत्यु हुनेको संख्या: ७ जना (पछिल्लो २४ घण्टाभित्र १ जना)
COVID-19 को वा अन्य कुनै पनि कारणले कारणले अप्ठयारोमा परेका कतारस्थित नेपाली समुदायका कतिपय दाजुभाइ दिदीबहिनीहरुले राजदूतावासले उपलव्ध गराएका ४ जना अधिकृतहरुको मोबाईल नम्बरमा फोन, ईमेल, फेशबुक पेजमा म्यासेज ईनबक्स र ह्वाट्सएपमा म्यासेज पठाउदा आफु समस्यामा परेको हुँदा उद्दार गरिदिनुहुन भनी भन्नुहुने र लेख्नुहुने तर आफ्नो कुनैपनि विवरण नदिने गरेको पाइएको छ । कृपया समस्या पठाउँदा आफ्नो नाम, सम्पर्क नम्वर, कार्यरत कम्पनीको नाम, कम्पनीको जिम्मेवार व्यक्तिको टेलिफोन नम्वर र नेपालबाट काममा पठाउने बैदेशिक रोजगार कम्पनीको नाम र सम्पर्क गर्न सकिने व्यक्तिको नाम र फोन नम्बरसमेत उपलवध गरईदिनु हुन पुन: अनुरोध गरिएको छ । तपाईहरुको जनकारीका लागि राजदूतावासको सम्पर्क नम्बर र सम्बन्धित अधिकृतको सम्पर्क नम्बर निम्नबमोजिम रहेको व्यहोरा पुन अनुरोध छ:
राजदूतावासको फोन नम्बर: 44675681/44675683/44171962
इमेल: [email protected] वा [email protected]
१.राहदानी/ Travel Document र व्यक्तिगत माग प्रमाणीकरण:
श्री ऋचा भट्टराई, द्वितीय सचिव, फोन: 66316985
Email: [email protected]
२. मृतक सम्बन्धी सेवा (कन्सुलर सेवा, भिसा, कागजात प्रमाणीकरण,
अधिकृत वारेशनामा):
श्री भुवनप्रसाद भट्ट द्वितीय सचिव, फोन फोन: 66742064
Email: [email protected]
३. श्रम मामिला (समुहगत माग प्रमाणीकरण तथा श्रम समस्या):
श्री अनुज गौतम, श्रम सहचारी, फोन: 55911972
Email: [email protected]
४. नेपाली समुदायको सरोकारको विषय:
श्री प्रवीण भट्टराई, द्वितीय सचिव, फोन: 6695072
Email: [email protected]
Covid-19 को सन्दर्भमा समय समयमा प्रसारित आधिकारिक सूचनाबमोजिमको सतर्कता अपनाई सुरक्षित रहनु हुन सबैमा पुनः अनुरोध छ ।
नेपाली राजदूतावास
दोहा कतार ।
2076/12/30 (12 April 2020)