शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कोरोनाको इपिसेन्टर यूरोपदेखि नेपालसम्म लकडाउनमा यसरी चल्दै छ फोटोपत्रकारिता (फोटोफिचर)

शनिबार, चैत्र २९ २०७६

प्रदीपराज वन्त

चीनको उहानबाट फैलिएको कोरोना भाइरसले संसारलाई तवाह बनाएको छ । कोरोनाको उद्गम थलोबाट संसारबाट फैलने क्रम बढीरहेको थियो । मानिसहरुमा अनेकन खालका जिज्ञासा थिए भने त्यस्तै खालका संन्त्राष पनि थिए । सोही क्रममा मेरा लागि भने चुनौती सहितको एउटा प्रस्ताव आएको थियो । मेरा लागि त्यो प्रस्ताव नेपाली लोक उखानले भने जस्तै नखाउँ भने दिनभरीको शिकार, नखाँउ भने कान्छा बाबुको अनुहार जस्तै थियो । तयारी धेरै पहिलको भएपनि कोरोना त्रासका बीचमा मैले गत फागुनको अन्तिम साता यूरोपको यात्रा तय गरे ।

मनमा एक प्रकारको डर थियो, किनकी संसारभर नै लकडाउन गर्ने विषयका समाचारहरु सार्वजनिक भएका थिए । सोही क्रममा म फागुनको २२ गते काठमाडौँको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जर्मनीका लागि उडे । मेरो यात्रा काठमाडौँबाट टर्कीको इस्तानबुल विमानस्थल हुँदै जर्मनीको फ्याङ्फर्ट तर्फको थियो । फोटो पत्रकारको हैसियतले त्यो यात्रा मेरा लागि अवसर र चुनौती दुवै थियो । मिशन भने बेल्जियमको ब्रसेल्समा फोटो प्रदर्शनी गर्ने कार्यक्रम थियो । लगेजभरी प्रदर्शनीका लागि तयार पारिएका मेरा सन्तान जस्तै प्रिय र सुन्दर तस्विरहरु थिए । ती तस्विरले नेपालको पर्यटन प्रवद्र्धन गर्ने र यूरोपेली मुलुकका नागरिकलाई नेपाल घुम्न आउन आग्रह गर्ने सन्देश थियो ।

कोरोनाका कारण बेल्जियममा प्रर्दशनी गर्न पाइने हो वा होइन भन्ने त्रास कायमै थियो । काठमाडौँबाट उड्ने क्रममा नै मेरो मनमा त्यो त्रासले घर गरेको थियो । टर्किस एयरले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको भूइ छाड्दै गर्दा मनमा भरिएको त्यसप्रकारको त्रास जर्मनी पुग्दासम्म कायमै थियो । जर्मनीको फ्याङफ्रर्ट अन्तर्रा्ष्ट्रिय विमानस्थल संसारकै व्यस्त विमानस्थल मध्येको एक हो । कोरोनाका त्रासका कारण पनि सो विमानस्थल भएर यात्रा गर्ने हुल उस्तै थियो । इस्तानबुल विमानस्थलमा देखेको त्यो दृश्य उता पनि उस्तै थियो भने सवै आ–आफ्नो सुरक्षीत गन्तव्यमा पुुग्नको लागि डरसंगै यात्रा गरिरहेका देखिन्थे ।

मैले तय भएको कार्यक्रम किन छाड्नु भनेर मैले यूरोप यात्राका लागि पाइला अगाडि सारेको थिए । टर्कीस एयरको एयरबमा यात्रा गर्ने अधिकाशं यात्रुको आँखामा पनि कोरोनाको त्रासले पारेको सन्त्रास सहजै अनुमान गर्न सकिन्थ्यो । जे त होला, कि त आँटले खान्छ , कि त ढाँटले खान्छ भने झै गरी तय गरेको यात्रा जर्मनी हुँदै फ्रान्स सम्म पुग्यो । बसमा यात्रा गर्दा समेत यूरोप चैतको खरमा आगो लागे जस्तै गरी कोरोना फैलने क्रममा नै थियो । मानिसहरुका एक प्रकारको सन्त्रास विगतमा भन्दा बढी नै रहेको छ । स्पेन, इटाली कोरोनाको इपिसेन्टरमा परिणत भए । यो स्मरण लेख्न बस्दा प्राप्त भएको तथ्यांकअनुसार मैले यात्रा तय गरेको जर्मनीमा यतिखेर २ हजार ७३६ जनाको ज्यान गएको छ । सो देशमा मात्रै कूल १ लाख २२ हजार १७१ जना कोरोना सक्रमति छन् । यस्तै फ्रान्समा १ लाख २४ हजार ८६९ जना सक्रमित छन् , भने १३ हजार १९७ जनाले ज्यान गुमाएका छन् ।

स्पेनको कुरा गर्दा कूल १ लाख ५८ हजार २७३ जना सक्रमित हुँदा १६ हजार ८१ जनाले ज्यान गुमाएका छन् । इटालीमा मात्रै १८ हजार ८४९ जनाले ज्यान गुमाउँदा १ लाख ५८ हजार २७३ जना सक्रमित छन् ।
किनकी चैतको खरमा लागेको डढेलो जस्तै गरी यूरोप यतिखेर कोरोनाको महामारीमा फसेको छ । महामारीको पूर्व सन्ध्यामा जर्मनवाट वसको यात्रामा स्वजरल्याण्डको जूूरीक सहर हुदै फ्रान्सको आइफिल टावर पुग्दा करिब सुनसान जस्तै थियो । केही डर त्रासमा घुमीरहेका थिए । आइफिल टावर अगाडि फेसुबुक मार्फत लाइभ गर्दा पनि मानिसहरु त्रासमा रहेजस्तो देखिन्थ्यो ।


जर्मनीको कोलडम चर्च अगाडि पुग्दा समेत अवस्था त्यस्तै थियो । संसारकै पूरानो चर्च हेर्ने मेरो रहका कारण म त्यहाँ पुगेको थिए । तर एकाध पर्यटक मात्रै चर्चको पेरीफेरीमा उपस्थित थिए । कारण कोरोनाको त्रास नै थियो । मानिसहरुमा के हुने होला भन्ने भयले काम गरेको थियो । उनीहरुमा रमाइलो थिएन, केवल त्रास थियो । जब विपद आइलाग्छ, मानवीय स्वभाव न हो, के एशियाली, के यूरोपेली सबैको व्यवहार उस्तै हुन्छ र देखिदो रहेछ ।
जर्मनीबाट नेदरल्याण्ड पुग्दा त्यस्तै अवस्था थियो । तर अन्य देशमा भने त्यहाँ केही बढी चहलपहल थियो । नेदरल्याण्डको प्रख्यात साइकल सिटीको रुपमा परिचति आस्र्मटड्याम पुग्दा कोरोनाको त्रास भएपनि चहलपहल देखिन्थ्यो । विश्वका धेरै जसो पर्यटक गाँजा खान त्यो शहर पुग्ने गर्छन । तर गाजा भन्दा पनि कोरोनाले बजाइदिएको बाजाले उनीहरुमा पनि एक प्रकारको त्रास थियो । सो शहरलाई छाडेर मेरो यात्रा बेल्जियम तर्फ मोडिएको थियो । बेल्जियममा फोटो प्रदर्शनी गर्न नपाउने भन्ने खबरले काठमाडौँबाटै मनमा उब्जिएको त्रास थप स्पष्ट भए जस्तो लाग्यो । आयोजना गर्ने संस्थाले प्रदर्शनी नहुने जानकारी दिँदा मनमा एक प्रकारको खिन्नता महसुस भयो ।


बेल्जियमको लुभिन शहर, ब्रसेल्स, मिनी यूरोप तथा इयूको कार्यालय आसपासको भ्रमण तथा अन्तर्रा्ष्ट्रिय प्रदर्शनी केन्द्रमा घुम्दा समेत कोरोना त्रासले मानिसहरु भयभित नै देखिन्थे । यूरोपमा रहँदा नेपाल भित्र छुच्चा टिप्पणीकारको नामले परिचित मेरा मित्र दिल निसानी मगर, नेपाल पत्रकार महासंघ यूरोपका अध्यक्ष केजिन राईलगायतले लगाएको गुन मेरा लागि अविस्मरणीय रह््यो । यस्तै, जर्मनीमा सहयोग गर्ने एनआरएनका जर्मनीका उपाध्यक्ष किरण (राधा) सिग्देल, समाजसेवी निन्म्मा राई दिदीहरुको ह्दयदेखिकै सहयोग समेत लकडाउनको समयमा स्मरण गरिरहेको छु ।
कूल १० दिनको यूरोप यात्राका क्रममा मैले मानिसको त्रास देखे, उनीहरुको हतारो पनि उस्तै थियो । उनीहरुका भरिएको विस्मयको रेखाले पक्कै पनि यूरोप कोरोनाको इपिसेन्टर बन्छ भन्ने देखाउँथ्यो । यूरोप जाँद भन्दा फर्केर काठमाडौँ आउँदा थप त्रास भरिएको थियो । मानिसहरु कतै मैले पनि कोरोना त बोकेर आएन भन्ने डरमा समेत थिए । जुन उद्देश्यका लागि यूरोप गएको थिए, त्यो पूरा हुन नपाउँदा मनमा राम्रो परेको थिएन । त्यसमाथि संसारभर नै कोरोनाको त्रास बढीरहेको बेला नेपालको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा देखिएको परिक्षण तथा सुरक्षाको तयारी भने फितलो लाग्थ्यो । ज्वरो नाप्ने भन्दा अरु कुनै तयारी थिएन । अन्यत्र पनि कहीकतै ज्वरो समेत नापिएको थिएन ।

काठमाडौँ फर्केपछि म लगातार नियमित कर्ममा नै छु । मैले काम गर्ने राससमा हरेक दिन नियमित रुपमा नै फोटो पत्रकारिता गर्ने कर्म जारी छ । तर आफैले घुमेर फर्केको यूरोपमा कोरोनाको महामारी फैलिरहँदा भने एक प्रकारको डरले घर गरीरहेको छ । यूरोपबाट फर्केपछि दर्जनौ फोटो खिचियो । त्यसक्रममा केही महत्वपूर्ण व्यक्तिको अन्तरवार्ताका फोटो पनि खिचियो । तर सबैभन्दा बढी छोएको र तथ्यमा रहेर कोरोनाका बारेमा जानकारी दिने चीनको सियान विश्वविद्यालयका प्राध्याक राजीव झासँगको भेट महत्वपूर्ण रह््यो । राससका मेरा दाजु रमेश लम्साल र मेरो डा झा सँगको भेटले प्रविधि र अनुशासनले कसरी चीन कोरोनाबाट बाहिर निस्कन सक्यो भन्ने कुराको जानकारी पाउन सकियो ।

सरकारले लकडाउन गरिरहेको छ । यो क्रममा पनि फोटो खिच्ने काम जारी छ । साँझ विहान नभनी उस्तै क्रियाशिलता जारी छ । कहिले स्वयम्भु पुगेर भोकै परेका कुकुर र बाँदरलाई तीनको भोक मेटाउने प्रयास गरिएको छ । बोल्न नसक्ने परेवाका मुखमा केही चारो हालीदिँदा पनि मनमा एक प्रकारको सन्तोष पैदा भएको छ । भोकै परेका मानिसका मित्रहरुलाई खुवाउन पाउँदा पनि मनमा खुसी दिएको छ । लकडाउनमा व्यक्तिगत रुपमा सुरक्षित हुँदै फोटो कर्म काभ्रे ,गोरखा, चितवन, वुुटवल लगायत काठमाडौं उपत्यकाका तिनै जिल्लाहरुमा जारी छ । किनकी मलाई चिनाएको पनि फोटोले नै हो । व्यवसायिकतामा कुनै सम्झौता गरिएको छैन । कोरोनाबाट नेपाल पनि अछुतो रहेन । तर कर्म भने निरन्तर जारी छ । आगामी दिन पनि यस्तै कर्म जारी राख्न पाइयोस भन्ने मनमा दृढ इच्छा छ , हेरौ, आगामी दिनहरु कसरी अगाडि बढ्छन् । (महासचिव ,राष्ट्रिय फोटोपत्रकार समूह नेपाल)

प्रतिक्रिया
सम्बन्धित समाचार