कोरोनाको संक्रमणबाट अहिलेसम्म इटालीमा १८ हजार ८४९ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिका १८ हजार ६८६ जना, स्पेनमा १६ हजार ०८१ जना, फ्रान्समा १३ हजार १९७ जना, चीनमा ३ हजार ३३६ जना र जर्मनीमा २ हजार ७६७ जनाको मृत्यु भएको छ । हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ ।

अहिलेसम्म स्पेनमा १ लाख ५८ हजार २७३ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ४७ हजार ५७७ जनामा संक्रमण देखिएको छ । यसैगरी, जर्मनीमा १ लाख २२ हजार १७१, फ्रान्समा १ लाख २४ हजार ८६९ र चीनमा ८१ हजार ९०७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनमा ७७ हजार ४५५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, जर्मनीमा ५३ हजार ९१३ जना, स्पेनमा ५५ हजार ६६८ जना, इटालीमा ३० हजार ४५५ जना, अमेरिकामा २७ हजार २३९ जना र फ्रान्समा २४ हजार ९३२ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस् :

स्रोतः https://www.worldometers.info/coronavirus/