बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

ईश्वर अर्यालको नेतृत्वमा तारकेश्वरमा सुरु भयो साबुनपानीले हात धुने अभियान

गोमादेवी मेघनाथ अर्याल स्मृति संस्थाले तारकेश्वरमा सुरु गर्यो साबुनपानीले हात धुने अभियान

शुक्रबार, चैत्र २८ २०७६

नुवाकोट / विश्वव्यापी महाव्याधीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नुवाकोटको तारकेश्वर गाउँपालिकामा मूलबाटोमै पानी ट्याङ्की राखेर हात धुन सिकाउने अभियान सुरु भएको छ । स्थानीय गोमादेवी मेघनाथ अर्याल स्मृति संस्थाले तारकेश्वर-६, भमराबाट यस्तो अभियान सुरु गरेको हो ।

संस्थाका अध्यक्ष ईश्वर अर्यालका अनुसार, गाउँवासीलाई साबुन पानीले हात धुन प्रोत्साहन गर्ने उद्देश्यले गाउँभरिकै ज्यादा चहलपहल हुने स्थान श्री भमरा आधारभूत विद्यालय छेउको सडक पेटीमा ट्याङ्की राखेर साबुनपानीले हात धुने व्यवस्था गरिएको हो । ‘आखिर यो भाइरसबाट बच्ने सर्वोत्तम उपाय साबुनपानीले हात धुनु नै रहेछ,’ हामीसँगको संक्षिप्त टेलिफोन संवादमा अध्यक्ष अर्यालले भने, ‘त्यसैले बालकदेखि वृद्धसम्म सबैलाई पटक-पटक हात धोइरहन प्रोत्साहन गर्ने हेतुले यो अभियानमा जुटेका हौं ।’

लामो समय शिक्षण पेसामा बिताएका अर्याल वर्षौंदेखि समाजसेवाका काममा सक्रिय छन् । गाउँको शिक्षा, खानेपानी, सरसफाइ लगायत क्षेत्रको विकासमा उनको उल्लेख्य योगदान रहेको स्थानीयहरू बताउँछन् ।

यतिखेर संस्थाका स्वयंसेवकहरू स्थानीय वृद्धवृद्धालाई हात धुन सिकाइरहेका छन् । संस्थाले साबुनपानीले हात धुनुका अतिरिक्त व्यक्तिगत सरसफाइका अन्य तौर-तरिकाबारे पनि सचेतना जगाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार