आदरणीय नगर प्रमुख ज्यू ,
दुधौली नगरपालिका, सिन्धुली
उपरोक्त सम्बन्धमा म सुबास गिरी यस दुधौली नगरपालिका वडा नम्बर ९ को स्थायी बासिन्दा भएका कारण यस विषम परिस्थितीमा तपाइँ नगर प्रमुखको हैसियतले तपाइले सबै नगरबासिलाइ सुरक्षित रहन अनुरोध गर्नु को साथै उपचार तथा राहत बितरणको लागी रकम जम्मा गर्न आब्हान त गर्नु भयो तर अहिलेसम्म नगरबासी तथा बिपन्न बर्गलाइ आवश्यक स्वास्थ्य सामग्रीहरु माक्स, ग्लोबस, सेनिटाइजरहरु उपलब्ध गराउन सक्नु भएन। स्वास्थ्य नै पहिलो प्राथमिकता रहेकोले आवश्यक स्वास्थ्य सामग्रीहरु माक्स, ग्लोबस, सेनिटाइजरहरु उपलब्ध गराउन तपाइको भुमिका अपरिहार्य भएको कुरा स्मरण गराउन चाहन्छु ।नगर प्रमुखको हैसियतले तपाईंले कोरोना भाइरस (कोभिड १९ )बाट परिरहेको विश्वव्यापी महामारीलाई न्यूनिकरण गर्न तपाईले यस नगरबासीको सुरक्षा लागि क्वारिन्टान निर्माण गरिएता पनि सुरक्षित तरिकाले संचालनमा नल्याएको, स्थानिय बासिन्दा बाहेकलाइ नगर प्रवेशमा रोक लगाउन नसकेको र नगरपालिका प्रवेशद्धारमा हेल्थ डेस्क राख्ने कार्य नगरेको तथा बिदेशबाट आएका ब्यक्तिहरु डाटा संकलन तथा क्वारेन्टाइन समय विताएको नविताएको निरिक्षण समेत नगरेको एवं क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मीहरुलाइ सुरक्षित छु भन्ने अनुभुती नगराइएको खबरले स्तब्ध बनाएको छ । तसर्थ यस बिषम परिस्थितिमा मुलुक नै कोरोना भाइरस (कोभिड १९ )पहिलो चरण बाट दोश्रो चरणमा पुगेको अवस्थामा नगरबासिको स्वस्थ्यलाई मुख्य ध्यानमा राखेर यथासिघ्र आरोप प्रत्यारोप छाडेर नगर प्रमुखको हैसियतले मानव कल्याणका लागि तपाई नगरप्रमुखको भूमिका अपरिहार्य रहेको जानकारी गराउँदै तपाईको उचित भूमिकाको महसुश गराउँन अपिल गर्दछु ।
साथै यो समय हामी सबै जुट्नु अहिलेको प्रमुख धर्म एवं कर्तब्य भएका कारण म सुबास गिरी मलेसियाबाट नेपाल फर्किए लगत्तै निरन्तर १४ दिन सम्म होम क्वारेन्टीनमा अनियवार्य बस्नु पर्ने नियमलाई शिरोपर गरेका कारण मेरो उपस्थिती दुधौली नगरपालिकामा हुन नसकेको जानकारी पनि गराउँन चाहन्छु । साथै एउटा जिम्मेवार नागरिक एवं नगरबासि भएका कारण यो परिस्थितीलाई सहज बनाउँन मैले मेरो ब्यक्तिगत तर्फबाट यस दुधौलि नगरपालिकाका १४ वटा वडामा ५ सयका दरले मास्क सहित हाल खोलिका दुई वटा क्वारिन्टीन केन्द्रलाई डिजिटल थर्मोमिटर नगर पालिका मार्फत उपलब्ध गराउँने बाचाँ सहित यो महामारीका बेला एक अर्का प्रति आरोप प्रत्यारोप लगाउँन छोडी एक अर्काको सहयोगी बनेर बिषम परिस्थितीको अन्त्य गनुपर्ने अहिलको मुख्य आवश्यक्ता रहेकाले सम्पूर्ण जनप्रतिनिधि सहित नगरबासीहरुलाई अनुरोध गर्दछु । अतः माथि उल्लेखित गरिएका मास्कहरुको उचित समन्वय नगरपालिकाबाट नभएको खण्डमा स्थानीय जनप्रतिनिधिले मलाई सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछु ।
सुबास गिरी
चलचित्र निर्माता
दुधौली नगरपालिका वडा नम्बर ९


