मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालमा कोरोनाका थप तीन संक्रमित भेटिए, संक्रमितको सख्या ९ पुग्यो

शनिबार, चैत्र २२ २०७६

काठमाडौं / नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ।

३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि स्वास्थ्य मन्त्रालयले जानाएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सख्या ९ पुगेको छ भने पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।
https://www.facebook.com/mohpnep/posts/865720930583094

प्रतिक्रिया
सम्बन्धित समाचार