मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

ज्यानमारा कोरोना भाइरसबाट बचौँ र बचाऔँ !!

सोमबार, चैत्र १७ २०७६

मणी नेपाली पनेरु
रिच्मन्ड, क्यालिफोर्निया, युएस्ए

कोरोना भाईरस धेरै प्रकारका बिषाणुहरुको एक समूह हो। कोरोना ल्याटिन नाम हो जसको अर्थ मुकुट हुन्छ। सुक्ष्म दर्शक यन्त्रबाट हेर्दा यो भाईरसको कणको वरीपरी काँडा जस्तो अथवा मुकुट जस्तो देखिने हुनाले कोरोना भनिएको हो। चीन को वूहान शहर बाट उत्पन्न भएको 2019 नोवेल कोरोनावायरस लाई COVID-19 भनेर वैज्ञानिक नाम दिईेको छ। यो लेख लेख्दाको समय सम्म विस्वमा ६८३,९३२ लाई यो भाईरस संक्रमित भएको र ३२,१६२ जनाको मृत्‍यु भई सकेको छ जस मध्य इटलीमा मात्र १०,०२३ को मृत्‍यु भईसकेको छ। यस भाईरसबाट अत्यधिक मर्नेहरुमा ईरान फ्रान्स र अमेरिका रहेका छन। यस भाईरसबाट नेपालीहरु लगायत विश्व प्रसिद्द मान्छेहरुको पनि मृत्‍यु भएको छ।


यो भाईरसले सानो ठुलो कोही भन्दैन, यु के का युवराज प्रिन्स चार्ल्स, मोनाको का राजा प्रिन्स अल्बर्ट द्वितिय, क्यानडा प्रधान मन्त्रीको श्रीमती सोफी, प्रसिद्द खेलाडी रुडी गोबर्ट लगायत धेरैलाई यो भाइरस लागेको छ। स्मरण रहोस्, यो प्राण घातक रोग भए पनि मरी नै हाल्छ भन्ने चाहिन होइन, भाइरस लाग्ने मध्य १४६,४०० निको भएर घर फर्की सकेका छन र निको हुने क्रम जारी छ। हाम्राहरुलाई लागि हाले पनि छि छि दूर गर्ने होइन माया गरौँ तर टाढै बाट। अस्ती भर्खर सम्म नगन्य रुपमा भाईरस सँक्रमित भएको अमेरिका अहिले विश्वमा सबैभन्दा धेरै १२३,८९८ मा सँक्रमित भएर अमेरिका मात्र होइन विस्व नै तीन छक्क परेको छ। स्थिती अत्यन्त भयावह भएको छ मानौँ संसारमा प्रलय हुन लागेको छ। यो यस्तो रोग रहेछ कि यसको उपचार हाल सम्मा पत्ता लाएको छैन फैलेको फैलिए छ। अब यस अवस्थामा हामीले

के गर्न सक्छौँ त?
यदी तपाईंलाई खोकी लाग्ने, जरो आउने, थकाई लाग्ने र सास फेर्न गार्हो भयो भने कोरोनाले समातेको हुन सक्छ। तपाईंले त्यस्तो अवस्थामा तुरुन्त जचाउन पर्छ र यदी कोरोना पोजिटिभ देखिएमा आफूलाई अरुबाट आसोलेसनमा राख्न अनिवार्य हुन्छ नत्र त तपाईंले परिवार जन मित्र गण र अरु धेरै लाई थाहै नपाई यो भाइरस सार्नु हुनेछ जसबाट तपाईंले नचाहँदा नचाहँदै धेरै जनाको विरामी र मृत्‍युको कारण बन्नु बेर छैन, यस्तो भएमा अनजानमा नै ठुलो पाप हुने छ।

यो रोग बाट बाँच्न हामीले केही कुराहरु अनिवार्य रुपमा पालन गर्नु उचित हुनेछ।

१. आत्मा सुद्दी र आध्यात्मिक बिकासमा ध्यान दिऔँ, आत्मा विश्वास बढाऔँ, भाइरस सङ्ग जुधौँ
२. सके सम्म घर बाहिर ननिस्कौँ
३. निस्कनै परे मास्क लगाएर मात्र निस्कौँ
४. अन्य मान्छेहरु सङ्ग कमसे कम ६ फिटको दूरी राखौँ
५. पटक पटक साबुनले हात धोऔँ, स्यानिटाइजरको प्रयोग गरौँ
६. हरेक घडीको टिक टिकमा ठीक ठीक पाइला चालौँ

यो ज्यानमारा भाईरस बाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ !!! परमेश्वरले हामी सबैको कल्याण गरुन !

प्रतिक्रिया
सम्बन्धित समाचार