काठमाडौं । व्यवसायी तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले विभिन्न निकाय र अस्पताललाई मास्क सहयोग गर्ने भएका छन् । आज स्वास्थ्य सेवा विभागलाई पचास हजार पिस मास्क वितरण गरिने मल्होत्राले जनसवाललाई बताए । उनले आफ्नो कम्पनीले दिनमा ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटलमा वितरण गरिने बताए ।
ति मास्क हस्पिटलले आफ्ना कर्मचारी, बिरामी र बिरामीका कुरुवालाई वितरण गर्ने पनि मल्होत्राले बताए । उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबि गरे ।
नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा व्यवसायी दीपक मल्होत्राले दैनिक ७० हजार मास्क उत्पादन सुरु गरेका छन्। कोरोना भाइरस ९कोभिड–१९० फैलिनसक्ने त्रासका बीच मास्क अभाव भएका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन्।
सोमबारदेखि दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन गर्न सुरु गरेको चेम्बरका उपाध्यक्ष समेत रहेका मल्होत्राले बताए। केही दिनमा आफूहरुले उत्पादन गरेका मास्क बजारमा उपलब्ध हुने उनले बताए।
आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य हुने उनले बताए। ‘बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुनेछ’, उनले भने, ‘अब मास्क नपाएर आत्तिनुपर्दैन।’ उक्त मास्कको मूल्य ५ रुपैयाँमै पाइने समेत उनले जानकारी दिए।
यस्तो बेला जनता र सरकारलाइृ सहयोग गर्न पनि धेरै नाफा नखाने उनले बताए। चेम्बरले केही समयअघि कोरोना भाइरस नियन्त्रणसम्बन्धी एक सहजीकरण समिति बनाएको थियो। उक्त समितिको संयोजक मल्होत्रा हुन्।