मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(जस)–नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ । बैशाख २९ गतेबाट जेठ ३ गतेसम्म लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी टेकु काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् । ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम ‘बजाज उल्टो अफर’ को लाभ लिन सक्नेछन् जसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार