काठमाडौं(जस)–नेपाल फर्निचर तथा फर्नि्सिङ्ग संघले ७ औं फर्निचर तथा फर्नि्सिङ्ग एक्स्पोका लागि व्यवसायीक स्टल बुकिङ्ग खुल्ला गरेको छ । आइतबार राजधानीमा पत्रकार संमेलन गर्दै संघले फर्निचर तथा फर्निसिङ्ग एक्स्पो ‘फर्नेक्स २०१९’ घोषणा गरेको हो । विगत ६ वर्षदेखि फर्निचर तथा फर्निसिङ्ग सम्बन्धि उत्पादन तथा वस्तुहरुको प्रदर्शन गर्दै आएको संघले यस वर्ष पनि आफ्नो व्यवासायीक क्षत्रको प्रचार–प्रसार एवम् प्रवद्र्धन गर्नका लागि फर्निचर तथा फर्नि्सिङ्ग मेलाको आयोजना गरेको हो ।
बदलिँदो आधुनिकतासँगै आम उपभोक्ताहरुको जीवनशैलीमा आएको परिवर्तनलाई मध्यनजर गर्दै आन्तरिक सजावटको माग र आवश्यकताको परिपूर्तिका लागि एक्स्पो गतिलो गन्तव्य हुने आयोजकले विश्वास व्यक्त गरको छ । मेलामा घरायसी काष्ठ वस्तुहरुमा किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याटे«स, डेकोरेशन सामग्री, होम डेकोर, अफस फर्निचर, हस्पीटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इण्टेरियर डिजाइनका सामग्रीहरु रहने छन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल फर्निचर तथा फर्नि्सिङ्ग संघका अध्यक्ष रुपेश प्रधानले स्वदेशी तथा विदेशी फर्निचर तथा काष्ठ वस्तु तथा उत्पादनहरुको जानकारी दिनुका साथै सो क्षत्रको प्रचार–प्रसार एवम् प्रवद्र्धनका लागि एक्स्पो आयोजना गरिएको बताए ।
‘फर्निचर तथा फर्नि्सिङ्ग क्षेत्रमा आएको नविनता, आधुनिकता र प्रभावकारिताको बारेमा जानकारी दिनु एक्सपोको मुख्य उद्देश्य हो,’ उनले भने, ‘यस्तो फर्निसिङ्ग मेलाले आम उपभोक्ताहरुमा मात्र नभएर व्यवसायीहरुलाई समेत फाइदा पुग्नेछ ।’ यसै अवसरमा प्रधानले यसै वर्षदेखि उत्कृष्ठ काष्ठकला प्रदर्शन गर्ने व्यवसायीलाई पुरस्कार समेत प्रदान गरिने जानकारी दिए । मेला आगामी भदौ २५ गतेदेखि २९ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा चल्नेछ भने मेलामा स्वदेशी तथा विदेशी गरी १५० फर्निचर र फर्निसिङ्ग सामग्रीका स्टल रहने छन् । गत मेलामा ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेकोमा यस पटक ९० हजार बढि अवलोकनकर्ताको सहभागिता रहने आयोजक संघले बताएको छ । सातौं संस्करणको सो मेलाको व्यवस्थापन इभेण्ट सोलुसन प्रा.लि.ले गर्नेछ भने मेलाको मुख्य प्रवद्र्धनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निसिङ्ग व्यवसायी महासंघ रहनेछ ।