मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफरको औपचारिक उद्घाटन

आइतबार, बैशाख २९ २०७६

अष्ट्रेलिया(जस–सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवा शुरु गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो । शुक्रबारदेखि अष्ट्रेलियावाट पनि सिटी एक्सप्रेसमार्फÞत वैधानिक माध्यमवाट नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ ।
सिटी एक्सप्रेसका डाईरेक्टर महेश श्रेष्ठलगाएत एनआरएनए हरुको सहभागितामा सिटी एक्सप्रेसको अस्ट्रेलियाको उदघाटन गरिएको थियो । यस अघि यूरोपका विभिन्न मुलुकहरु (यूके, जर्मनी, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम) को भ्रमण पनि सिटी एक्सप्रेसका डाईरेक्टर महेश श्रेष्ठले गरेका थिए् । सिटी एक्सप्रेस अस्ट्रेलियाको जिम्मा एनआरएनए एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनए ओसियानाका पूर्व संयोजक गोवा कटुवाल र समिप कटुवालले लिएका छन् । सिटी एक्सप्रेसले अस्ट्रेलियामा आफ्नो शाखा खोलेसंगई अस्ट्रेलियाबाट नेपालमा बैधानिक माध्यमबाट रेमिटेन्स भित्रने आशा बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार