आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कोरोना संक्रमबारे कतारले गर्यो यस्ता निर्णय, चाल्दैछ यस्ता महत्वपूर्ण कदमहरु (निर्णयसहित)

आइतबार, चैत्र ९ २०७६

कतार । कतार सरकारले देशमा देखिएको कोारेना भाइरसको महामारी नियन्त्रण गर्न कतारी प्रधानमन्त्रीको निर्देशनमा विभिन्न निर्णयहरु गरेको छ । कतारले देश भित्रका सम्पुर्ण सार्वजनिक पार्क, समुद्रीटतलगायत कर्नेशलगायतका स्थानमा कुनै पनि प्रकारको जमघट गर्न पुर्ण रूपमा बन्देज लगाइएको छ। यस्तै देशका चारै दिशामा सुरक्षाकर्मिको सुरक्षा चेकजाँच लाई कडा पारिएको र यस ब्यवस्थाको उल्लंघन गर्ने माथी कडा कारवाही गरिने जनाएको छ।

पत्रकार सम्मेलनको संक्षिप्त् जानकारी
सम्माननिय प्रधानमन्त्री ज्युको निर्णय बमोजिम निम्न कदमहरु चाल्न भनिएको छ।
* देश भित्रका सम्पुर्ण सार्वजनिक पार्क, समुद्रीटत लगायत कनेश लगायतका स्थानमा कुनै पनि प्रकारको जमघट गर्न पुर्न रूपमा बन्देज लगाइएको छ।
*देशका चारै दिशामा सुरक्षाकर्मिको सुरक्षा चेकजाँच लाई कडा पारिएको हुँदा यस ब्यवस्थाको उल्लंघन गर्ने माथी कडा कारवाही गरिने छ।
* यी ब्यवस्था र पुराना ब्यवस्था बारे नियमन गर्न हटलाइनको स्थापना गरिएको छ।आजका र पुराना आदेशहरुको उल्लंघन बारे सुचना ,उजुरी गर्न सकिने छ।
*खाद्यान्न ढुवानी स्वास्थ्य क्षेत्र एवं होम डेलिभरीले बिगतमा झै सामान्य रुपले सेवा प्रदान गरिनै रहनेछन।
*अत्याधिक जमघट र भिडभाड वृद्धि गराउने ठाउँका सबै खाद्यान्न उत्पादन गर्ने स्थान बन्द गरिएका छन।

*हरेक प्रकारको भिडभाड लाई पुर्ण रुपमा प्रतिबन्धित गरिएको छ।यहाँ सम्म कि सवारीसाधनहरुमा पनि भिडभाड गर्न मनाही छ।निजि गाडीमा एक जना (चालक) भन्दा बढी बस्न पाइने छैन भने सो भन्दा बढी पाइएमा गाडी लाई तत्काल रोकिने छ र कार्वाही गरिने छ भने सो बारे र बढी संख्याको उपस्थिति बारे सुरक्षाकर्मीले स्पष्टीकरण सोध्न सक्नेछन।
*यसैगरी कुनै पनि अवसर (बिवाहा,मनोरञ्जन,भोज भतेर) मलामीमा पनि भिडभाड गर्न मनाही गरिएको छ।समवेदना प्रकट गर्ने अवसरमा पनि जमघट मनाही गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार