मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पाकिस्तानविरुद्ध इङल्याण्डको जित, बटलरको आक्रामक शतक

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(एजेन्सी)–इङल्याण्डले पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट खेलमा १२ रनको जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा इङल्याण्डले दिएको ३७४ रनको लक्ष्य पछाएको पाकिस्तान ५० ओभरमा ७ विकेट गुमाएर ३६१ रन बनाएको थियो । पाकिस्तानका लागि फाखर जमानले १३८ रन बनाए पनि पाकिस्तानलाई जित भने दिलाउन सकेनन् । त्यस्तै बबर आजम र आसिफ अलीले ५१(५१ रनको योगदान गरेका थिए । त्यस्तै इमाम उलहकले ३५ र सरफराज अहमदले ४१, हरिस सोहेलले १४ रन बनाएका थिए ।
त्यस्तै लियाम प्लनकेट र डेविड विलीले २–२ विकेट लिए । त्यस्तै यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ३ विकेट गुमाउदै ३७३ रन बनाएको थियो । इङल्याण्डका लागि जस बटलरले ५५ बलमा ११० रनको आक्रामक पारी खेलेका थिए । बटलरको एकदिवसीय क्रिकेटमा यो आठौ शतक हो । त्यस्तै जसन रोयले ८७, जोनी बैरस्ट्रवले ५१, जोय रुटले ४० र कप्तान इयोन मोर्गनले ७१ रनको पारी खेलेका थिए । पाकिस्तानक शाहीन अफ्रिदी, हसना अली र यासिर शाहले एक एक विकेट लिएका थिए । ५ खेलको एकदिवसीय सिरिजको पहिलो खेल बर्षाका कारण रद्ध भएको थियो भने यो जितपछि इङल्याण्ड १–० ले अगाडी रहेको छ । अब तेस्रो एकदिवसीय खेल आगामी मंगलबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार