बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

पीएसएल सेमिफाइनल र फाइनल अगावै स्थगित

मंगलबार, चैत्र ४ २०७६

काठमाडौं(एजेन्सी)–पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग टी(२० प्रतियोगिता स्थगित भएको छ । समुह चरणका खेल सकिएर आजदेखि सेमिफाइनलका खेल हुनेक्रममा रहेका बेला कोरोनाको संक्रमणका कारण लिग स्थगित भएको छ । पाकिस्तानको क्रिकेट बोर्डले लिग अहिलेलाई स्थगित भएको र बाँकी खेलको तालिका पछि सार्वजनिक गरिने जानकारी दिएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि केहि विदेशी खेलाडीले अघिल्लो सातानै लिग छोडेर गएका थिए । समुह चरणबाट मुल्तान सुल्तान पेशावर जाल्मी, कराची किंग्स र लाहोर क्लान्दर्स सेमिफाइनलमा पुगेका थिए । प्रतियोगिताको सेमिफाइनलका खेल मंगलबार र फाइनल १८ मार्चमा हुने तालिका रहेको थियो । पाकिस्तानमा अहिलेसम्म कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने १८४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार