मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सिड्नीमा एनआरएन ओशिनिया क्षेत्रीय सम्मेलनको भव्य उद्घाटन, आज विविध विषयमा छलफल हुँदैं (फोटोफिचर)

शनिबार, बैशाख २८ २०७६


अष्ट्रेलिया (जस)–
अष्ट्रेलियाको सिड्नीमा गैर आवासीय नेपाली (एनआरएनए) को तेस्रो ओशिनिया क्षेत्रीय सम्मेलन आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने यो ओसिनिया क्षेत्रीय सम्मेलनको उद्घाटन कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गरे । एनआरएनएहरू माझ निकै चासो र अर्थपूर्ण रूपमा हेरिएको यो सम्मेलनमा बिभिन्न क्षेत्र र पेशासंग आबद्द्ध ब्यक्तित्वहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालबाट कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, सह कोषाध्यक्ष सोम सापकोटा लगायत बिदेशी प्रतिनिधिको पनि सहभागिता रहेको छ । सम्मेलन ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने मूल नारामाथि आधारित रहेको छ ।


‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा यस क्षेत्रका बुद्धिजिबिले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस हुने आयोजक समितिका संयोजक तथा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले बताए। सम्मेलनमा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नेछन्।

 


सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि निकै उपयोगी हुने संयोजक अधिकारीले बताए । सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुलगायत २० भन्दा बढी देशबाट पनि प्रतिनिधि आएका छन् । सम्मेलनको पहिलो दिन आज बिहानदेखि बेलुकासम्म लगानी, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा कसरी लान सकिन्छ भन्ने बिषयमा छलफल हुने कार्यक्रम रहेको छ भने । दोस्रो दिन कार्यक्रमको समापन र सिड्नी घोषणापत्र सार्वजनिक गरी अतिथिलाई सिड्नी भ्रमणको ब्यवस्था समेत गरिएको छ ।

अष्ट्रेलियाका मन्त्रीद्वारा सिड्नीका नेपालीलाई १० लाख डलर सहयोग
अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् । यहाँको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए)मार्फत् उनले रकम सहयोग गर्ने छन् । यो सहयोगलाई यहाँका नेपाली समुदायले महत्वपूर्ण उपलब्धी ठानेको सम्मेलनका आयोजक तथा गैरआवासीय नेपाली संघ ओसिनिया संयोजक धर्मराज अधिकारीले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार