शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भव्यताका साथ सम्पन्न भयो दुबईमा ‘गोर्खाली नाईट–२’ सांगितिक कार्यक्रम (फोटोफिचर)

शनिबार, फाल्गुन १७ २०७६

यूएई (जस)–सयुक्त अरब इमिरेटस (यूएई) को दुबईमा दोश्रो गोर्खाली नाइट सांगितीक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार आयोजना भएको कार्यक्रम अघिल्लो वर्ष आयोजित पहिलो संस्करण भन्दा पनि थप भव्यका साथ सम्पन्न भएको हो । आयोजकले यो संस्करण कार्यक्रम थप भव्य बनाउने गरि तयारी गरेका थिए ।
दुबईको बरदुबईस्थित अस्ट्रेरिया होटलको एभरेष्ट क्लबमा आयोजना हुने गोर्खाली नाईट–२ मा आफ्नो प्रस्तति दिन नेपालबाट चर्चित कलाकारहरु दुबई आएका थिए । जसले आफ्नो सांगितिक प्रस्तुतिबाट परदेशमा रहेका नेपाली दर्शकहरुलाई नेपालको अनुभुति दिलाउँदै भरपूर मनोरञ्जन गराएका थिए । कार्यक्रमको लागि ‘भ्वाइस अफ नेपाल सिजन२’का विजेता राम लिम्बुसहित विकास लिम्बु, आरिफ शेख, सनिश श्रेष्ठ र अञ्जु राना मगर, नेपाली डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, रबिन कुमार भुजेल र हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतम, गायिका प्रविशा अधिकारी तथा कार्यक्रम प्रस्तोता सुशील नेपाल दुबई आएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एंव युवा नेता पूर्ण गुरुङले यस्तो कार्यक्रमले नेपाली संस्कृतिको सम्बद्र्धन हुने र परदेशमा पनि घरदेशको सम्झना दिलाउने बताउँदै आयोजकले कार्यक्रम अयोजनाका लागि हार्दिक आभार व्यक्त गरेका थिए । यस्तै कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व संयोजक प्रवीन गुरुङले युवा बिदेशमा वर्षौदेखि रहेका नेपालीका लागि यस्तता कार्यक्रमले देशप्रतिको माया मोह बढाउने बताउँदै यस्तो कार्यक्रमको निरन्तरताका लागि आयोजकलाई शुभकामना दिए ।
यस्तै कार्यक्रमका प्रमुख प्रायोजक ‘आइडिया फर नेपाल’का शिरोमणि दुवाडीले आफुहरुले हरेक वर्ष दुबईको यो कार्यक्रमलाई प्रायेजन गरेको बताए । उनले एनआरएनएनले गर्ने हरेक कार्यक्रममा सहकार्य गर्ने बताउँदै आइडिया फर नेपालले देश बिदशेमा विभिन्न क्षेत्रमा लगानी गर्न शुरु गरेको बताए ।
कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष तथा विशेष अतिथि मोहम्मद मुक्तदा मुसलमानले यस्ता कार्यक्रम आयोजना गरि खाडीमा रहेका नेपालीलाई छुट्टीको दिनमा रिफ्रेश गराएकोमा आयोजकलाई धन्यबाद दिए । कार्यक्रमका आयोजक एंव एनआरएनए मध्यपूर्व सहसंयोजक मनोज गोर्खालीले कार्यक्रमका लागि विश्वदेखि आएका सबै अतिथिलाई स्वागत गर्दै कार्यक्रममा सहभागिता जनाएकोमा यूएईबासी नेपाली र सबै प्रायोजकहरुलाई धन्यबाद दिए । गोर्खालीले यो कार्यक्रम हरेक वर्ष आयोजना गरिने घोषणासमेत गरे ।
कार्यक्रम भव्य र सभ्य भएकोे गोर्खालीले बताए । कार्यक्रमको सोचअनुरुप सफल भएको अर्का आयोजक एंव एनआरएनए यूएईका युवा संयोजक मदन अधिकारीले बताए । करिब एक दर्जन नेपाली कलाकारहरुले आफ्नो उत्कृष्ट प्रस्तुति राखेको कार्यक्रमबारे यूएईमा उल्लेख्य चर्चा भएको थियो । यस कार्यक्रमका आयोजक मनोज गोर्खाली र मदन अधिकारी यूएईमा सफल कार्यक्रम आयोजकका रुपमा चिनिन्छन ।
गत वर्ष दुबईमा पहिलो पटक ‘गोर्खाली नाइट–२०१९’ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट संकलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १ र १ लाखका दरले सहयोग गरिएको थियो । प्रथम ‘गोर्खाली नाइट’मा नेपाल आइडल सिजन २ का विजेता रबि ओडकासाथै बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, गायक कुलेन्द्र विक, नायिका तथा मोडेल एलिना रायमाझि, बिबेक खतिवडा, शोभा त्रिपाठी र रमेश दुलालले आफ्नो प्रस्तुति दिएका थिए ।
गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाई छ । कार्यक्रमका आयोजक मनोज गोर्खाली लामोसमयदेखि यूएईलगायत मध्यपूर्वका देशमा हुने कार्यक्रमका साथै सामाजिक कार्यमा सक्रिय ब्यवसायी तथा एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक हुन् । त्यस्तै अर्का आयोजक मदन अधिकारी एनआरएनए युएईका युवा संयोजक लगायत फुटबल प्रशिक्षक, खेलाडी र व्यबसायी हुन । मनोज र मदन विगतमा पनि नेपालबाट कलाकार बोलाएर युएईमा सफल सांस्कृतिक कार्यक्रम गरी सकेका नेपालीमाझ चिरपरिचित नाम हुन् ।
कार्यक्रमको गोल्ड पार्टनरमा एनआरएनए सचिब आरके शर्मा र गौरीराज जोशी, सहकोषाध्यछ लोक दाहाल, प्रवक्ता डिबी क्षेत्री, ,मध्यपुर्ब संयोजक प्रबिन गुरुङ्ग, मध्यपुर्ब युवा संयोजक राज रेग्मी रहेका थिए । यस्तै ब्रोन्ज पार्टनरमा याक एण्ड यति दोहोरी ,नशा लोकदोहोरीलगायत रहेका थिए । टेलिकम पार्टनरमा नेपाल टेलिकम रहेको थियो ।  जनसवाल राष्ट्रिय दैनिक कार्यक्रमको आधिकारिक मिडिया पार्टनरको रुपमा रहेको छ भने रातोपाटी, डिसिनेपाललगायत पनि मिडिया पार्टनरका रुपमा रहेका थिए । कार्यक्रममा सहयोगीह संसथाहरुलाई ‘टोकन अफ लभ’ पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार