आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदद्वारा राजीनामा

सोमबार, फाल्गुन १२ २०७६

काठमाडौँ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले राजीनामा दिएका छन् । महाथिरले मलेसियाका राजालाई आफ्नो राजीनामा बुझाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

रोयटर्सका अनुसार महाथिरको पार्टी प्रिबुमी बेरसाटूले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको उल्लेख गरेको छ ।

९४ बर्षिय महाथिर र ७२ बर्षिय अनवर इब्राहिमबीचको राजनीतिक द्वन्दका कारण उनले राजीनामा दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

उनी २०१८ मा विश्वकै बढी उमेरको प्रधानमन्त्रीको रुपमा मलेसियाको प्रधानमन्त्री बनेका थिए ।

अनवर सन् १९८१ देखि २००३ को महाथिरको प्रधानमन्त्री कालमा उनका डेपुटी थिए । तर सन् १९९८ मा दुवै बीच देशको आर्थिक संकट हल गर्ने विषयमा विवाद भएपछि महाथिरले उनलाई हटाएका थिए ।

पछि अनवर अनियमितता गरेको आरोपमा जेल समेत गएका थिए ।

मिडिया रिपोर्टका अनुसार अनवर नै अब मलेसियाको नयाँ प्रधानमन्त्री बन्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार