मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

होटल सङ्घमा नयाँ नेतृत्व, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविनबहादुर पाण्डे

शुक्रबार, बैशाख २७ २०७६

काठमाडौं(जस)–होटल सङ्घ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छन् । बिहिबार यहाँ सम्पन्न सङ्घको साधारणसभाले अन्नपूर्ण होटलका प्रमुख कार्यकारी अधिकृत राणालाई अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविनबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा अमरमान शाक्य, दिनेशबहादुर विष्ट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, विनोदशङ्कर श्रेष्ठ, गोपाल राना, रामकुमारी पुरी, युवराज श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र भट्ट, ज्ञानेन्द्रकुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुङ, सिपी श्रेष्ठ, अशित शम्शेर जङ्गबहादुर राणा, राहुल चौधरी र भरतराज पराजुली सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार