बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

स्कटल्याण्डका जर्ज मुन्से इपिएलमा पोखरा राइनोजबाट खेल्ने

बिहिबार, फाल्गुन ८ २०७६

काठमाडौं(जस)–आगामी चैत्रमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अर्का विदेशी खेलाडी जोडिएका छन् । स्कटल्याण्डका देब्रे हाते ओपनर जर्ज मुन्से इपिएलमा पोखरा राइनोजबाट खेल्ने भएका हुन् । मुन्सेले अहिलेसम्म स्कटल्याण्डका लागि २५ एकदिवसीय र ३८ टी–२० खेल खेलेका छन् ।
२६ बर्षिय मुन्सेले २०१९ मा नेदरल्याण्डसविरुद्ध टी–२० खेलमा बनाएको १२७ रन उनको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । मुन्सेले इपिएलमा जोडिएकोमा खुशी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न आउन आतुर रहेको बताएका छन् । यस सिजनको इपिएलमा हाइप्रोपÞmाइल क्रिकेटर जोडिने क्रम जारी रहेको छ । अहिलेसम्म क्रिस गेल, केसरिक विलियम्स, डवाने स्मिथ, मोहमद शाहजाद, उपुल थरंगा लगायतका खेलाडी खेल्ने सम्झौता भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार