रवि रोषी
कतार / चितवन युवा समूह कतारले गौतम बुद्ध रंगशाला निर्माणको लागि कतारमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

लोक दोहोरी गायनी क्षेत्रमा बर्षकै हट केकको रुपमा परिचित लोकदोहोरी गायिका टिका सानु र मिलन लामा सो कार्यक्रमको लागि कतार आउने पक्कापक्की भएको जानकारी चियुस कतारका अध्यक्ष रामहरि गैरेले जानकारी दिनुभयो ।

कतारका स्थापित प्रतिभाहरुको प्रस्तुती समेत रहने सो कार्यक्रम कतारको कर्निस स्थित बेष्ट वेस्टर्न होटलमा यहि अप्रिल १७ तारिखमा गरिने पक्कापक्की भएको अध्यक्ष गैरेले बताउनुभयो ।