बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारको राष्ट्रिय खेलकुद दिवसमा फुटवल प्रतियोगिता आयोजना, व्रिटिश राजदूतावासले उचाल्यो ट्रफी

बुधबार, माघ २९ २०७६

काठमाडौं (जस)–कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदुताबासले आयोजना गरेको फुटवल प्रतियोगितामा व्रिटिश राजदूतावास बिजयी भएको छ । मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल प्रतियोगितामा कतार राजदूतावास नेपालसहित ८ वटा टिमको सहभागिता रहेको थियो । लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासंग प्रतिस्पर्धा गरेका थिए ।
कतार राजदूताबास, कतार च्यारिटि, रसियन राजदुतावास नेपाल, व्रिटिश राजदुतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा भने कतार राजदूताबास व्रिटिश राजदुतावाससंग पराजित भएको थियो भने कतार च्यारिटि रसियन राजदुवाससंग पराजित भएको थियो ।
हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो । फाइलनमा व्रिटिश राजदूताबासले रसियन राजदूतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो । खेलमा विजयभएसंगै व्रिटिश टिमले मेडलसंगै ट्रफी प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार