मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

राजनीतिक भातृसंगठनमा संलग्न एनआरएनए पदाधिकारीलाई तुरुन्त राजीनामा दिन एनआरएनएको आग्रह, अन्यथा बर्खास्त गर्ने चेतावनी (विज्ञप्तिसहित)

बुधबार, माघ २९ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एआरएनए) मा आवद्ध रहेर पनि नेपालको राजनितिक भातृसंगठनमा पद लिएका केही पदाधिकारीहरुले तुरुन्त राजीनामा नदिए एनआरएनएले निलम्बन गर्ने भएको छ । गैरआवासिय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले मंगलबार एक प्रेस विज्ञप्ती जारी गदै यस्तो चेतावनी दिएका हुन ।

अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनितिक दलका भातृसंगठनको कार्यसमितिमा संलग्न रहेको जानकारीमा आएको छ’ विज्ञप्तीमा भनिएको छ– संघको निर्वाचन सम्बन्धी नियमावलीको दफा ७।६ मा संघको कार्यकारी पदमा रहेका व्यक्तिहरु राजनितिक, जातिय र धार्मिक संस्थाको कार्यकारी समििितको पदाधिकारी तथा सदस्यमा पदभार ग्रहण गरेको पाइएमा निजलाई पदबाट वर्खास्त गरिने व्यवस्था छ ।’
यसरी आवद्ध भएका केही पदाधिकारीहरुले आफु संलग्न भएको संगठनबाट राजीनामा दिएको स्वः घोषणा गरी यसको जानकारी फेब्रुअरी २० सम्म संघका महासचिवलाई लिखित जानकारी दिन आग्रह गरिएको छ ।
तोकिएको मिति सम्म कुनै जवाफ नआएको खण्डमा निजलाई पदबाट वर्खास्त गरी कार्वाही अगाडी बढाइने संघले विज्ञप्ती मार्फत जनाएको छ ।

प्रेस विज्ञप्ति

जो- जससँग सम्बन्धित छ

गैरआवासीय नेपाली संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७.६ मा संघका कार्यकारी पदमा रहेका व्यक्तिहरु कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गरेको पाइएमा निजलाई संघबाट पदमुक्त गर्न सकिने व्यवस्था भएको सर्वविधितै छ। यसै सन्दर्भमा हालै विभिन्न पत्रपत्रिका र अन्य श्रोतबाट केही अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलका भ्रातृतृसंगठनको कार्यसमितिमा संलग्न भएको जानाकारी प्राप्त भएको छ । अतः निजहरुले आफू संलग्न संगठनबाट राजीनामा दिएको स्वःघोषणा गरी यसको जानकारी मिति २५ फेब्रुअरी २०२० सम्म संघका महासचिवलाई दिनुहुन अनुरोध गर्दछु । यस मितिभित्र जवाफ नआएको खण्डमा प्रचलित विधान अनुसार निजलाई पदमुक्त गरी कारबाही अगाडी बढाउन बाध्य हुने जानकारी गराइन्छ । स्थानीय कानून अनुसार राजनीतिक दलका भ्रातृ संगठनहरु सामाजिक संस्थाको रुपमा दर्ता भई गतिविधी गर्दै आएको भए पनि संघले यी संगठनहरुलाई राजनीतिक संस्थाकै रुपमा पहिचान गर्ने जानकारी गराइन्छ। निर्वाचन सम्बन्धि नियमावलीको दफा ७.६ कार्यकारी (कार्यसमितिका) पदाधिकारी र सदस्यको हकमा मात्र लागू हुनेछ ।

डा. हेम राज शर्मा
महासचिव, गैरआवासीय नेपाली संघ ।
११ फेब्रुअरी २०२०

प्रतिक्रिया
सम्बन्धित समाचार