
उनी नक्कली अमेरिकी डलर १ सय सहित पक्राउ परेका छन् । मालिन्डो एयरको उडान नम्बर 0D184 मा मलेसियाबाट काठमाडौं आएका दासलाई विमानस्थलमा पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक काउन्टरमा भिसा शुल्कबापत नक्कली अमेरिकी डलर १ सय बुझाउने क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

विमानस्थल प्रहरीले राहदानी नम्बर A35334537 बाहक बर्ष ४६ का दासलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको छ । उनको साथबाट बरामद भएको JM34126744D नम्बरको कपी लेखिएको नक्कली जस्तो देखिने १ सय दरको अमेरिकी डलर १ थानसहित गौशाला बृत्तमा पठाइएको विमानस्थल प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

