बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेपाल फेरि ओमानसँग पराजित, आकिबको शतकीय पारी

आइतबार, माघ २६ २०७६

काठमाडौं(जस)–आइसीसी विश्वकप डिभिजन लिग–२ अन्तर्गतको त्रिकोणीय अन्तर्गत नेपाल ओमानसँग फेरी पराजित भएको छ । ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको छ । नेपालले दिएको २५० रनको लक्ष्य पछाएको ओमानले ४७.२ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पुरा गरेको छ । ओमानको जितमा आकिब इलयासले शतकीय पारी खेलेका थिए । इलीयासले अविजित १०९ रन बनाएका थिए । त्यस्तै जीशान मकसूदले अविजित ६८ रन बनाए ।
त्यस्तै जतिन्द्र सिंहले २३ र खवर अलीले ४१ रन बनाए । नेपालका लागि सुशान भारी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालका अन्य बलर प्रभाकारी हुन सकेनन् । सन्दीप लामिछानेले १० ओभरमा ६५ रन दिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले संयमित ब्याटिंग गर्दै ओमानलाई २४४ रनको लक्ष्य दिएको थियो । नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २४९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । त्यस्तै पारस खड्काले ३८ रन बनाए भने आरिफ सेख र कुशल मल्लले २८–२८ रनको योगदान दिएका छन् ।
त्यस्तै सुबास खकुरेलले २२ रन बनाए भने विनोद भण्डारीले महत्वपूर्ण ३५ रन बनाए । त्यस्तै करण केसीले १० रन बनाए भने दिपेन्द्र सिंह ऐरी शुन्यमा आउट भएका थिए । त्यस्तै सन्दीप लामिछानेले अविजित १० रन बनाए भने कमल सिंह ऐरीले अविजित ९ रन बनाए । ओमानका बलर आकिब इयासले ४ विकेट लिए भने मोहमद नदीमले ३ विकेट लिए । सिरिजमा ओमानको यो लगातार तेस्रो जित हो भने नेपाललाई दुवै खेलमा पराजित गरेको छ । त्यस्तै नेपालको भने यो दोस्रो हार हो । नेपालले यस अघि अमेरिका विरुद्ध जित हासिल गरको थियो । अब अर्को खेल ओमान र अमेरिका बीच मंगलबार हुने छ । नेपालले अब सिरिजको अन्तिम खेल बुधबार अमेरिकाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार