शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अक्षयकुमारको समर्थनमा अगाडी आए अनुपम खेर

सोमबार, बैशाख २३ २०७६

मुम्बई(एजेन्सी)–बलिवुड अभिनेता अक्षयकुमारको नागरिकता सम्बन्धि विवादमा अभिनेता अनुपम खेर अक्षयकुमारको समर्थनमा अगाडी आएका छन् । उनेल एक संदेश दिदै अक्षयकुमारलाई विवादका विषयमा आफ्नो सफाई नदिन अनुरोध गरेका छन् । खेरले तिमी काम गरेर देखाउने मानिस भएकाले कसैलाई केहि सम्झौं जरुरी नभएको भन्दै यस्तो गर्न बन्द गर्न सुझाव समेत दिएका छन् । अक्षयकुमार अहिले उनको क्यानडियन नागरिकतालाई लिएर विवादमा रहेका छन् ।
भारतमा जारी लोकसभा निर्वाचनमा अक्षयकुमारले भारतीय नागरिकता नभएका कारण मतदान गर्न नपाएपछि अहिले उनको आलोचना भएको छ । हालै अक्षयकुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको गैर राजनीतिक भन्दै एक अन्तर्वार्ता लिएपछि अहिले मिडियामा अक्षयकुमारको देशप्रतिको प्रेमका बारेमा आलोचना हुदै आएको छ । यसै बीच अनुपम खेर समर्थनमा आउनुले बलिवुडमा प्रधानमन्त्री मोदी समर्थकहरु एक ठाउमा आएको देखिएको छ । अभिनेता खेर पनि मोदीका कडा सार्थक मध्येका एक बल्विदु सेलिब्रेटी हुन् ।
अभिनेता अक्षयकुमारले केहि दिन अघि आफ्नो पिडा एक संदेश जारी गर्दै पोखेका थिए । उनले लेखेका थिए,’ मैले यो बुझ्न सकेको छैन की मेरो नागरिकताको बारेमा किन यति धेरै नकारात्मक टिप्पणी भैरहेको छ । मैले मेरो क्यानाडाको नागरिकता भएको विषय कसैसँग लुकाएको छैन । र यो पनि सत्य हो की म पछिल्लो ७ बर्ष क्यानाडा गएको छैन ।’ अक्षयकुमारले अगाडी लेखेका थिए, ’म भारत मै काम गर्छु र यँहाको करदाता पनि हुँ । जँहा यी बर्षहरुमा मलाई भारतलाई लिएर आफ्नो प्रेम साबित गर्नुपर्ने कुनै जरुरी भएन । यो कुराले म निकै निराश छु की अहिले मेरो नागरिकताको विषय बिना कारण विवाद बनाउने कोशिश भैरहेको छ ।’ अक्षयकुमारले पछिल्लो समयमा देश प्रेमका फिल्ममा काम गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिक रहेको कारण चुनावी राजनीतिमा अक्षयकुमार निशाना बनेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार