मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एक दिवसीयमा वेष्ट इन्डिजको कीर्तिमान

सोमबार, बैशाख २३ २०७६

काठमाडौं(एजेन्सी)–वेष्ट इन्डिजले एक दिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएको छ । वेष्ट इन्डिजले एक दिवसीयतर्फ ओपनिङ साझेदारीमा सर्वा्धिक स्कोरको कीर्तिमान कायम गरेको हो । आयरल्यान्डविरुद्धको त्रीदिवसीय सिरिज अन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट इन्डिजका शाही होप र जोन कामबेलले पहिलो विकेटका लागि तीन सय ६५ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रचेका हुन् ।
यसअघि यो किर्तिमान पाकिस्तानका फकर जमान र इमा उल हकको नाममा थियो । उनीहरुले तीन सय चार रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजकाले कीर्तिमान बनाउन ४७ ओभरमा पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गरेको हो । जसमा शाही होपले एक सय ७० र कामबेलले एक सय ७९ रन बनाए । एक दिवसीय खेलमा दुवै ओपनरले एक सय ५० रन कटाएको पनि यो पहिलो पटक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार