मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

इंग्लिस प्रिमियर लिग: उपाधि रक्षाका लागि सिटीलाई जित्नै पर्नै दबाब

सोमबार, बैशाख २३ २०७६

इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । नेपाली समयानुसार राति १२ः४५ बजेदेखि साबिकको विजेता तथा प्रमुख उपाधि दाबेदार म्यानचेष्टर सिटीले लेष्टर सिटीसँग खेल्दैछ ।सिटीको घरेलु मैदानमा हुने उक्त खेल एकदमै महत्त्वपूर्ण खेलका रुपमा हेरिएको छ । किनकी, आजको खेलमा सिटीको नतिजाले उपाधिको छिनोफानो केही हदसम्म टुंगो लाग्नेछ । उपाधि यात्राको सर्वाधिक बलियो टोली सिटीले आज घरेलु मैदानमा लेस्टर सिटीविरुद्ध जित निकाल्नु बाहेक अन्य कुनै विकल्प नै छैन । लिगमा आजको सहित गरेर दुई चरणको खेल मात्र बाँकी छ ।

र, दुवै खेलमा सिटीले जित ननिकालेमा उपाधि अर्को दाबेदार मानिएको टोली लिभरपुलले जित्ने छ । तर, दुवै खेलमा जित निकालेमा सिटीलाई उपाधि रक्षामा कसैले रोक्न सक्ने अवस्था छैन । सिटी लिगको दोस्रो स्थानको टोली हो भने उसँग आज भिड्न लागेको टोली लेष्टर सिटी नवौं स्थानको टोली हो ।अंक तालिकाकै आधारमा हेर्दा सिटीले पाहुना टोलीलाई निराश बनाउने देखिन्छ । तर, लेष्टर पछिल्लो समय आक्रमक फुटबल खेलिरहेकोले पनि सिटीमाथि ठूलै चुनौती देख्न सकिन्छ । आजको खेलमा पाहुना टोली लेष्टरलाई हराएमा सिटी पुनः शीर्ष स्थानमा चढ्नेछ ।

लिगमा ३६ खेल खेलेको सिटीसँग ९२ अंक छ भने उभन्दा एक खेल बढी खेलेको लिभरपुलसँग ९४ अंक छ । आजको खेलमा लेष्टरलाई हराएमा सिटीले ९५ अंक बनाउँदै उपाधि होडमा बलियो बन्नेछ ।आजको खेलमा सिटीका लागि प्लेमेकर केभिन डि ब्रोयनले लगातार तेस्रो खेल गुमाउनेछन् । यस्तै मिडफिल्डर फर्नान्डिन्हो पनि आजको खेलमा हुने–नहुनेमा आशंका छ । क्लाउडियो ब्राभो लामो समय मैदान बाहिर रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार