काठमाण्डौं (जस) इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरण सकिएर प्लेअफको समीकरण पूरा भएको छ । प्रत्यक टिमले १४ खेल पूरा गरेका छन् । मुम्बइ इण्डियन्स, चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल्स प्लेअफमा पुग्न सफल भएका छन् । शीर्ष तीनवटा टिमको समान १८ अंक छ । आइतबार जित हात पारेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नइ पञ्जाबसँग पराजित भएका कारण दोस्रो सथानमा झरेको छ ।
दिल्ली क्यापिटल्स भने इलिमिनेटर खेल्ने भएको छ । जम्मा १२ अंक बनाएर प्लेअफमा पुग्न सफल अर्को टिम हो, सनराइजर्स हैदरावाद । कोलकाता नाइट राइडर्स मुम्बइ इण्डियन्ससँग पराजित भएपछि सनराइजर्स हैदरावादको भाग्य चम्किएको हो । उसले कोलकातालाई रनरेटमा पछि पार्दै प्लेअफको मौका पायो ।
लिग चरणको अन्तिम खेलमा मुम्बइले कोलकातालाई नौ विकेटको भारी अन्तरले हरायो । उसले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो । जसलाई मुम्बइले १६।१ ओभरमै एक विकेटको क्षतिमा प्राप्त गर्यो ।
मुम्बईका लागि क्वीन्टन डिककले ३०, रोहित शर्माले अविजित ५५ र सूर्यकुमार यादवले अविजित ४६ रनको योगदान दिए ।
अव अंक तालिकामा तेस्रो रहेको दिल्ली क्यापिटलले बुधवार सनराइजर्स हैदरावाद संग इलिमिनेटर खेल खेल्नेछ भने चेन्नइ सुपर किंग्स र मुम्वई इण्डियन्सले भोली फाईनलमा पुग्नको लागी प्रतिस्पर्धा गर्दै छन ।