बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भारतीय विदेश सचिव मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

बुधबार, कार्तिक १८ २०८३

काठमाडौं  । भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार बिहान मात्रै काठमाडौं आइपुगेका मिश्रीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने तथा दुई देशबीचको सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नेलगायतका विभिन्न विषयहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आसन्न भारत भ्रमणलगायतको विषयमा छलफल गर्ने भएका छन् । बालेन आगामी मंसिर ६ र ७ गते भारतकाे भ्रमणमा जाने तय भएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार