काडमाडौं । अनलाइन बस टिकट प्लाटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलाएको छ ।
बससेवाले तिहार र छठमा ‘लाइन होइन, अनलाइन रोजौं’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट खुला गरेको जनाएको छ ।
अग्रिम टिकट बुकिङ गर्दा ग्राहकलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ । बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठको अवसरमा बस टिकट बुकिङ गर्दा हरेक यात्रुले १०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । साथै, तिहारका लागि प्रोमो कोड : TIHAR2083, छठका लागि प्रोमो कोड: CHHATH2083 गर्नुपर्नेछ ।
यस्तै यात्रु सुरक्षाका लागि बससेवाले यात्रुको इन्स्युरेन्सको पनि व्यवस्था गरेको जनाएको छ । बससेवा इन्स्युरेन्ससहित सुरक्षित यात्राको अनुभव लिन बससेवाको आग्रह छ । यसका लागि टिकट बुकिङसँगै वैकल्पिक यात्रा बीमा सुविधा लिन सकिनेछ । यात्रुहरूले आफ्नो रोजाइअनुसार १ लाख, ३ लाख र ५ लाखसम्मको बीमा सुविधा छनोट गर्न सक्नेछन् ।
बस सेवा नेपालको अग्रणी अनलाइन बस टिकट उपलब्ध गराउने कम्पनी हो । बस सेवाले एक दशकभन्दा बढी समयदेखि नेपालका ७० भन्दा बढी जिल्लामा सञ्चालन हुने अत्याधुनिक र सुविधासम्पन बसहरूको टिकट उपलब्ध गराउँदै आएको छ ।