बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । चाँदीको भाउ भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबार सात सय रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँमा कारोबार हुँदैछ। 

सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार