शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

१ सय ३६ यात्रु बोकेको जहाज नदीमा खस्यो

शनिबार, बैशाख २१ २०७६

एजेन्सी । अमेरिकाको फ्लोरिडामा रनवेबाट चिप्लिएर १ सय ३६ यात्रु बोकेको जहाज नदीमा खसेको छ । बोइग ७३७ विमान फ्लोरिडाको नदीमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यात्रुहरू सबै सकुशल रहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जहाज पानीमा तैरिएकाले मानविय क्षति नभएको अनुमान गरिएको छ । उद्दारका लागि चिकित्सक सहितको टोली घटनास्थल पुगेको थिए । घाईतेको स्थानीय अस्पतालमा रेफर गरेर उपचार शुरु गरिएको छ । जहाज क्यूबाबाट अमेरिकाका लागि आएको र अवतरणका क्रममा चिप्लिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार