आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतारको ग्रीन रेस्टुरेन्टमा लिस्ल (घले)ल्होसर–व(मुसा बर्ग) २०२० कार्यक्रम सम्पन्न (फोटोफिचर)

शनिबार, माघ ४ २०७६

कतार । कतारको दोहामा (घले)ल्होसर–व(मुसा बर्ग) २०२० कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार कतार दोहाको सल्वा रोडमा अबस्थित ग्रीन रेस्टुरेन्टमा लिस्ल फङ (घले समाज) दोहा कतारको संरक्षक राम घले को प्रमुख अतित्थ्य र सस्थाको अध्यक्ष कुल बहादुर घले (आयुश) को सभापतित्वमा लिस्ल (घले) ल्होसर २०२० सम्पन्न भएको हो ।


कार्यक्रममा बिशेश अतिथि मा विश्व साईकल यात्री एबम जमिअत उलमा ए नेपाल शाखा कतारका उपाध्यक्ष यासिम मामा, काड्स अर्गनाइजेसन दोहा कतारका कार्यबाहक अध्यक्ष श्याम लिम्बु, कोषध्यक्ष राम कुमार राई , ओखलढुंगा सेवा समाज दोहा कतारका उपाध्यक्ष सुन्दर नेपाली ,नेपाल तामाङ कलाकार सघ दोहा कतारका सह कोषध्यक्ष सृष्टि तामाङ ,तामाङ समाज कतारका सदस्य अस्मिता तामाङ ,सस्थाका सल्लाहकार रस बहादुर घले,सल्लाहकार जितमान घले का साथै अतिथिका रुपमा सस्थाको प्रथम उपाध्यक्ष नानू घले,दृतिय उपाध्यक्ष जोगमान घले,सचिब सुदिप घले, कोषध्यक्ष सोम बहादुर घले, खेलकुद बिभाग प्रमुख बरुण घले, कलाकार एलिना तामाङ, कलाकार सुभेक्षा तामाङ का साथै सयौंको हाराहारीमा घले दाजुभाइ तथा दिदिबहिनी लगएत गैर घले दाजुभाइहरु रहेका थिए ।


कार्यक्रममा सभापति, प्रमुख अतिथि र बिशेष अतिथीहर बाट बत्ती प्रज्वलन गरि कार्यक्रम उदघाटन गरि नेपाली रास्ट्रीय गान का साथै वैदेशिक रोजगारीको रुपमा कतारमा आई शरीर गुमाउनु भएका श्रमिकहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणबाट सुरुवात भएको थियो ।

उपस्थित सम्पूर्ण सस्थाका महिला सदस्य लाली घले ले स्वागत मन्तव्य राखेर स्वागत गर्नुभएको थियो । कार्यक्रम सस्थाका महासचिव बिमल घले बाट सन्चालन गर्नु भएको थियो ।

व ल्हो (मुसा बर्ग) ल्होसर कार्यक्रममा शुभकामना मन्तव्य विश्व साईकल यात्री एबम जमिअत उलमा ए नेपाल शाखा कतारका उपाध्यक्ष यासिम मामा, काडर््स अर्गनाइजेसन दोहा कतारका कार्यबाहक अध्यक्ष श्याम लिम्बु का साथै सस्थाका प्रथम उपाध्यक्ष नानू घले, कोषध्यक्ष सोम घले, खेलकुद बिभाग प्रमुख बरुण घले, सल्लाहकार रस बहादुर घले हरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा सस्थालाई बिशेष योगदान प्रदान गर्नुहुने सस्थाको सदस्यहरु बल सिं घले, नानू घले, सुदिप घले, सुस्मिता घले,सोम घले,कोमल घले,सुरज घले र नयाँ सदस्यहरु बिनय घले, प्रदिप घले हरुलाई सभापति, प्रमुख अतिथि र बिशेष अतिथि हरुले खादा र प्रमाणपत्र सहिद सम्मान गरिएको थियो ।

ल्होसर कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष एबम लोक दोहोरी गायिका नानू घले को बेजोड प्रस्तुति सङ्गै कलाकार एलिना तामाङ, सुभेक्षा तामाङ, सोम घले हरुको सस्कृतिक प्रस्तुतिले कार्यक्रम भब्य भएको थियो ।


विश्व साईकल यात्री एबम जमिअत उलमा ए नेपाल शाखा कतारका उपाध्यक्ष यासिम मामा ले सस्थाका प्रथम उपाध्यक्ष नानू घले ले ओरिडो म्याराथुन २०२० मा १० किलोमीटर दौड प्रतिस्पर्धामा सफल हुनुभएको र सस्थाको खेलकुद बिभाग प्रमुख बरुण घले मा ब्यक्तिगत तर्फबाट र उहाँको सस्थाको तर्फबाट खादा लगाएर सम्मान गर्नुभएको थियो ।

ल्होसर कार्यक्रममा प्रमुख अतिथी राम घले ले घलेहरुले ल्होसर पर्बको र ल्हो अर्थात १२ वटा बर्गहरुको बारे प्रष्ट पर्दै सम्पुर्ण उपस्थितिहरुमा ल्होसरको शुभकामना दिनुभएको थियो । कार्यक्रममा सयौंको हाराहारीमा उपस्थिति सम्पुर्णले घले ल्होसरको मनोरञ्जन मज्जाले लिनुभएको थियो ।


अन्त्यमा सस्थाका अध्यक्ष एब कार्यक्रमका सभापति कुल बहादुर घले (आयुस) ले घले जातीयको इतिहास, ल्होसर मनाउनु कारण प्रष्ट पर्दै कार्यक्रम समापन घोषण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार