काठमाडौं, ११ कात्तिक । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला नौ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।