शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

युएई बस दुर्घटनामा १६ नेपाली घाइते, पहिचान नखुलेका पाँचजनाको मृत्यु

बिहिबार, माघ २ २०७६

काठमाडौं (जस)–संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५स्३० बजे दुर्घटना भएको हो । दुर्घटनामा १६ जना नेपाली घाइते भएको र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक भएकोले आइसियुमा राखिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् । राजदूत ढकालका अनुसार दूतावासले घाइतेको उपचारका लागि आवश्यक सबै प्रक्रियामा सहयोग गरिरहेको समेत जानकारी गराए ।
यूएईस्थित नेपाल दूतावासका अनुसार २४ जना सवार मिनिबसमा १८ जना नेपाली थिए । जसमा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरु कुन मुलुकका हुन् भन्ने खुल्न सकेको छैन । राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालहरु भर्ना भएका माफराक र अन्य अस्पतालमा पुगेका छन् । दूतावासले भनेको छ, ‘हामी ती कामदार भएको कम्पनीको सम्पर्कमा छौं । विस्तृत विवरण प्राप्त गर्ने्वित्तिकै सार्वजनिक गर्नेछौं ।’ गल्फ न्यूजका अनुसार लरीसँग ठोक्किँदा दुर्घटना भएको मिनबसमा सवार ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार