काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरुका लागि ’होन्डाको चाडपर्व विशेष अफरको सफर’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।
ग्राहकहरुको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याएको हो, जसमा ग्राहकहरुले होण्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्।
साथै, यस अफर अन्तर्गत ग्राहकहरुको थप सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा १ आर्थिक वर्षको लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा पूर्ण रुपमा नि:शुल्क उपलब्ध गराइएको छ।
गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि नि:शुल्क सर्भिसिङ र १ वर्षको लागि नि:शुल्क सडक सहायताको विशेष व्यवस्था समेत गरेको छ।