आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

माघे सङ्क्रान्तिको दिन नुवाकाेटकाे तारुकामा २१ हल गाेरु जुधाइने

सोमबार, पुष २८ २०७६

काठमाडौं, २८ पुस । नुवाकाेटको तारुकामा माघे सङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ ।

माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले आयोजना गरेकाे पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

तारकेश्वर गाउँपालिका ३ काे चन्दनीमामा आउँदाे माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत पनि गरिने छ ।

विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै ठाउँमा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घले भञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत ठाउँमा पनि गोरु जुधाइ हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार