मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३

पर्यटन मन्त्रालयको कार्यालय सामग्री खरिदका लागि ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ छनोट

मंगलबार, असोज ६ २०८३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यालय प्रयोजनका लागि आवश्यक दैनिक सामग्री खरिद प्रक्रियामा ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ लाई छनोट गरेको छ ।

मन्त्रालयले सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

मन्त्रालयले गत भदौ २४ गते आह्वान गरेको सिलबन्दी दरभाउपत्र बमोजिम रितपूर्वक दर्ता भई म्यादभित्र प्राप्त भएका दरभाउपत्रहरूमध्ये न्यू विज्ञान ईन्टरप्राईजेजले पेस गरेको दरभाउपत्र न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही ठहर भएको जनाएको छ ।

उक्त फर्मले मूल्य अभिवृद्धि कर बाहेक १० लाख ६५ हजार ७ सय ८५ रुपैयाँ कबोल गरेको छ । छनोट भएको फर्ममार्फत मन्त्रालयले कार्यालय प्रयोजनका लागि दैनिक आवश्यक सामग्रीहरू, मसलन्द तथा स्टेशनरी र विद्युतीय सामग्रीहरू खरिद गर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) र दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबै दरभाउपत्रदातालाई जानकारीका लागि सूचना प्रकाशित गरिएको समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार