सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सडकमा बसमा आगलागी

सोमबार, असोज ५ २०८३

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेकाे सार्वजनिक बसमा आगलागी भएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर एक्कासि रिद्धिसिद्धि बसमा आगो लागेको हो ।

आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन । बसबाट सल्किएको आगोको ज्वालाले सडक छेउछाउमा रहेका बिजुली तथा इन्टरनेटका तारहरूलाई भेटेको थियो।

आगलागी सुरु भएको करिब २० मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो। दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार