मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आईसीसी टी–२० वरियतामा नेपालले तीन स्थान सुधार गर्दै ११ औं स्थानमा

शुक्रबार, बैशाख २० २०७६

काठमाण्डौं(जस) आईसीसीको नयाँ टी–२० वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएको छ ।गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंक सहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जीते पछि नेपालको टी–२० वरियतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ । नेपाल भन्दा एक स्थान तल १२ औं स्थानमा रहेको स्कटल्याण्डको १९९ अंक रहेको छ ।

टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार