काठमाडौं । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनबाट दिलीपकुमार पोखरेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएपछि पोखरेलले आफूलाई सभापतिको जिम्मेवारी प्रदान गरेकोमा नेपाली कांग्रेसका क्रियाशील सदस्य, जनसम्पर्क समिति सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
पोखरेलले नयाँ कार्यसमितिमा सर्वसम्मत निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। उनले अधिवेशनको निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने पाँचौँ अधिवेशन निर्वाचन समितिका सदस्यहरू, नेपाली कांग्रेसका क्रियाशील सदस्य, जनसम्पर्क समिति सदस्य तथा शुभेच्छुकहरूप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।
सर्वसम्मत नेतृत्व चयनका लागि भएको निरन्तर संवाद, सहकार्य र प्रयासले संगठनभित्र एकता, सहमति र सहकार्यको संस्कारलाई थप मजबुत बनाएको पोखरेलले बताएका छन्। आगामी दिनमा सामूहिक सहभागिता र सहकार्यका साथ नेपाली जनसम्पर्क समिति अष्ट्रेलियालाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी संगठनका रूपमा अघि बढाउने उनको भनाइ छ।
आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनका सन्दर्भमा विधानबमोजिम ३ जना महासमिति सदस्य र ४ जना महाधिवेशन प्रतिनिधि केन्द्रीय समितिले निर्णय गरी पठाउने व्यवस्था रहेको जानकारीसमेत पोखरेलले गराएका छन्।
पोखरेलले नेपाली कांग्रेसको विचार, सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता र विधानप्रति प्रतिबद्ध रहँदै आफूलाई प्राप्त जिम्मेवारी इमानदारी, निष्पक्षता र निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रवासमा रहेका नेपालीहरूको साझा भावना र अपेक्षालाई केन्द्रमा राख्दै संगठनको हित तथा नेपाली कांग्रेसका आदर्शलाई आत्मसात् गरेर अघि बढ्ने उनले बताएका छन्।
पाँचौँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया “पाँचौँ अधिवेशन निर्वाचन समितिबाट प्राप्त -जानकारी”
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनअन्तर्गत निर्वाचन समितिबाट प्राप्त जानकारी निर्वाचन प्रयोजनका लागि दर्ता गरिएका उम्मेदवारहरूको उम्मेदवारीउपर दाबी–विरोध गर्न तोकिएको समयावधिभित्र कुनै पनि दाबी–विरोध प्राप्त नभएको तथा सर्वसम्मतिको प्रयासका लागि तोकिएको समयावधि समेत समाप्त भएकोले, देहायबमोजिमका उम्मेदवारहरू सर्वसम्मतिबाट निर्वाचित हुनुभएको जानकारी सम्बन्धित सबैको जानकारीका लागि गराइन्छ।
१. पदाधिकारीहरू
सभापति: दिलीप पोखरेल
उपसभापति: सुवास तामाङ
उपसभापति: दयाराम पौडेल
महामन्त्री: पुरन रोकाया
सह–महामन्त्री: भूपेन्द्र कँडेल
सह–महामन्त्री: कर्मा लामा
२. राज्य संयोजकहरू
न्यू साउथ वेल्स (सिड्नी): राज गुरुङ
उपसंयोजक:केशव सिंह थकुरी
साउथ अष्ट्रेलिया (एडिलेड): निराजन खड्का
भिक्टोरिया (मेलबर्न): प्रकाशकाजी थापा
अष्ट्रेलियन क्यापिटल टेरिटोरी (क्यानबेरा): जनक पौडेल
विन्सल्याण्ड (ब्रिस्बेन): आशिक खड्का
वेस्टर्न अष्ट्रेलिया (पर्थ): निरज ढकाल
तास्मानिया: अर्जित मिश्र
डार्विन: बिबेक ढकाल
३. केन्द्रीय सदस्यहरू
१. सन्दीप अधिकारी
२. अनिल त्वानाबासु
३. प्रकाश जैसी
४. गगन शाही
५. सोनाम तामाङ
६. सुशान्त तामाङ
७. सन्दीप जंग शाही ठकुरी
८. रिदम भट्टचन
९. दीपक (लेखनाथ) पोखरेल
१०. बुद्ध बिष्ट
११. प्रज्वल केसी
१२. मनोज श्रेष्ठ
१३. दिर्घ घिसिङ
१४. सुदीप अधिकारी
१५. फुर्मान ठोकर
१६. तेजमान घिसिङ
१७. निशान कार्की
१८. सुबास गुरुङ
४. राज्य सदस्यहरू
१. चन्द्र लाम्साल
२. प्रज्वल गिरी
३. नितेश जैसी
४. सञ्जीव कार्की
५. आशिष अधिकारी
६. सोमलाल थेकर
७. नवीन ढुंगाना
८. रोजन् श्रेष्ठ
९. सवियू गौतम
१०. विशाल महरा
११. रोहित सुवेदि
⸻
नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया,पाँचौँ अधिवेशन समिति
सभापति
सुरेश रणसिंह गुरुङ